रामेछापमा प्रहरीको सक्रियताः स्थानीयले ७ थान भरुवा बन्दुक बुझाए



३ चैत्र, रामेछाप ।
सरकारले अगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानी्य तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय रामेछापले सक्रियता बढाएको छ । निर्वाचनलाई भय रहित एवं शान्तिपूर्ण ढंगले सम्पन्न गराउन रामेछापका ६ गाउँपालिका र २ नगरपालिका लुकाइ छिपाइ राखेको अवैध हतियार बुझाउन आग्रह गरेका छ । प्रहरीको आग्रह अनुसार जिल्लामा हालसम्म ७ सात भरुवा बन्दुक स्थानीयले वडा कार्यालयमा रहेका प्रहरी कार्यालयमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले प्रहरीको आग्रह अनुसार स्थानीयले भरुवा बन्दुक बुझाएको बताए । प्रहरीले लुकाई छिपाई बैध तथा अबैध रुपमा राखिएका हातहतियार बन्दुकहरु २०७३।११।२७ गते भित्र नजिकको प्रहरी कार्यालयमा जम्मा गर्न गराउन भन्दै जिल्ला प्रशासन कार्यालयको समन्वयमा हतियार बाहक तथा सर्वसाधारणका लागी मिति २०७३।११।१९ गते सूचना प्रकाशित गरिएको थियो ।प्रवक्ता जोशीका अनुसार स्थानीयले भरुवा बन्दुक ६ थान,१ थान अबैध र १२ बोर बन्दुक १ थान गरी सात थान हतियार प्रहरीलाई बुझाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्