रामहरि ढंगेलको राजनीतिक यात्राः जेलदेखि सहायक मन्त्रीसम्म



३ चैत्र,काठमाडौं ।
बुधवार राती सुतेकै अवस्थामा निवासमै निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढंगेललाई श्रद्धान्जलीको लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको छ । श्रद्धान्जली दिन पार्टी सभापति शेरबहादुर देउवादेखि पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो भिड लागेको छ । ढुंगेलको आज नै अन्त्युष्टि गरिने नेता अर्जुन केसीले बताए ।
यस्तो छ रामहरि ढुंगेलको जीवनीः

वि. सं. २०३५ सालमा नेविसंघको सदस्य लिइ राजनीति सुरु गरेको ।
–२०३६ सालको जनमत संगहमा बहुदलको पक्षमा सक्रिय ।
–२०३८ सालमा नेविसंघ इकाई सभापति आर.आर क्याम्पस ।
–२०४० सालमा स्ववियु सभापति विश्वा भाषा क्याम्पस ।
–२०४२ सालमा नेविसंघको केन्द्री सदस्य ।
–२०४४ सालमा स्ववियु सभापति त्रिचन्द्र क्याम्पस ।
–२०४२दसालदेखि २०४८ सालसम्म पार्टी सचिव नेपाली कांग्रेस रामेछाप ।
–२०४९ सालदेखि ०५३ सालसम्म पार्टी सभापति रामेछाप ।
–२०६५ सालमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित
–२०५७ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीपरिषद्मा कृषि सहायक मन्त्री ।

प्रतिक्रिया दिनुहोस्