रामेछापमा एमालेले बनायो चुनावी अभियानको ८ टोली



३ चैत्र, रामेछाप ।
नेकपा एमाले रामेछाप जिल्ला कमिटीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि ८ टोली बनाएर अभियान सुरु गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटि रामेछापको विहिवार मन्थलीमा बसेको बैठकले नयाँ संरचना अनुसार चुनावी अभियानमा जुटन आठ टोली बनाएको हो ।

प्रचार विभाग प्रमुख, नेकपा एमाले, रामेछाप

बैठकले स्थानीय तहको निर्वाचनमा जुटन जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । रामेछाप जिल्लामा रहेका ६ वटा गाउँपालिका र २ वटा नगरपालिको स्थानीय तहको पुनर्संरचना अनुसार पार्टी कमिटिहरु पुर्नगठन र परिचालन गर्न ८ वटा टोलीको साग अगाडि बढ्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताए । जिल्ला कमिटिमा रहेका ७१ जना नै चुनावमा आठ वटा टोली बनाएर परिचालन गर्ने निर्णय गरेको उनले बताउ ।
जिल्ला अध्यक्ष शान्ति पौडेल एवं जिल्ला इन्चार्ज देवशकंर पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले स्थानीय तहको पुर्नसंरचना अनुसार गाउँपालिका, नगरपालिका र वडा मार्फत जनताको काम तत्काल सुचारु र व्यवस्थित गर्नसरकारसँग माग गरेको छ ।

प्रचार विभाग प्रमुख कार्कीले स्थानीय तहको कार्य सञ्चालन र व्यवस्थापन गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । बैठकले पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानको क्रममा मधेसी मोर्चाको तर्फबाट भएको अवरोधको पनि भत्र्सना गरेको छ । एमालेको जिल्ला कमिटी ७१ सदस्यीय छ भने २१ सदस्यीय सचिवालय र चार जना पदाधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्