अलविदा ! रामहरि ढुंगेल



३ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको अन्त्यष्टि गरिएको छ । बुधवार राती आफ्नै निवासमा मृत भेटिएका ढुंगेलेको विहिवार टिचिङ अस्पतालमा पोष्टमार्ट गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जली दिदै साझ पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

ढुंगेलको पार्थिव शरीरलाई दिउसो पार्टी कार्यालय सानेपामा राखिएको थियो । सानेपामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुले ढुंगेललाई श्रद्धान्जली दिएका थिए । रामेछाप जिल्ला पकरवासमा जन्मिएका ढुंगेले क्षेत्र नम्बर २ बाट ०५६ सालमा निर्वाचित सांसद समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्