रामेछापको ६ गाउँपालिकामा तोकियो कार्यकारी अधिकृत (सूचीसहित)



४ चैत्र, रामेछाप ।
रामेछापको ८ स्थानीय तह अन्तर्गत ६ वटा गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ६ जना कार्यकारी अधिकृत तोकेको हो ।

सरकारले ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै रामेछापको २ नगरपालिका र ७ गाउँपालिमा कार्यान्वयनमा आएको छ । दुई नगरपालिकासँगै ६ वटा गाउँपालिकामा कार्यालय स्थापना भएका छन् ।

जिल्ला समयन्वय समिति रामेछापले अधिकृतको सट्टा तत्काल कार्यालय व्यवस्थापन गर्न गाविस सचिवलाई नै निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो । गाउँपालिका स्थापनासँग रामेछापका स्थानीयमा नयाँ उत्साह छाएको छ ।
संघीय माामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिका लागि कार्यकारी अधिकृत तोकेको छ । मन्त्रालयले कुनै पनि बिलम्ब नगरी तोकिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले विहिवारसम्म गाउँपालिका र नगरपालिका प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिका अधिृकत तोकिएका हुन् ।

गाउँपालिमा कम्तिमा पनि नौ जना र वडा कार्यालयमा तीन जना कर्मचारी रहने व्यवस्था गरिएको छ । रामेछापमा मन्थली नगरपालिका, रामेछाप नगरपालिका रहेका छन भने गोकुलगंगा, लिखु, दोरम्बा, खाडाँदेवी, सुनापति र उमाकुण्ड गाउँपालिका रहेका छन् ।
रामेछाप नगरपालि कार्यकारी अधिकृत गणेश नेपाली रहेका छन् । मन्थली नगरपालिमा रहेका पुरुषोत्तम सापकोटालाई उमाकुण्ड गाउँपालिकामा सरुवा गरिएको छ । मन्त्रालयले रामेछाप गाउँपालिकामा तोकेका यस्ता छन कार्यकारी अधिकृत सूचिसहितः

प्रतिक्रिया दिनुहोस्