रामेछापमा वीस महिनामा ६५ जनाद्धारा आत्महत्या,रोक्न अभियान चलाउछौंःडिएसपी ढुंगेल



६ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा आत्महत्या गर्ने संख्या बढेको छ । वीस महिनाको अवधिमा रामेछापमा ६४ जनाले आत्महत्या गरेका छन् । विगत दुई बर्षको अवधिमा आत्महत्या गर्ने सख्या घटनुको सट्टा बढेर गएको छ, रामेछाप जिल्लाका प्रहरी प्रमुख डिएसपी कुमोद ढुंगेले रामेछाप न्यजसँग भने,‘आत्महत्या बढ्नुमा सामाजिक कारण नै मुख्य देखिन्छ ।’

आत्महत्या गर्ने क्रम बढ्दै जादा समाजमा नै नकारात्मक असर पर्ने बताउदै उनले यसको रोकथाम गर्न र आत्महत्या न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताए । ‘आत्महत्या बढ्नु समाजको नै चुनौती हो, चुनौतीको सामना गर्नको लागि राजनीतिक दल संघ संस्था र सरोकारवाला निकाय नै एकताबद्ध भएर लाग्नु पर्छ ।’ आत्महत्या गर्ने क्रम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछाप पनि गम्भीर चिन्ता व्यक्त गरेको छ ।यो तथ्याङ तयार पारेपछि पनि रामेछापमा थप एक जनाले आत्महत्या गरेका छन् । जस अनुसार वीस महिनामा आत्महत्या गर्नेको संख्या ६५ पुगेको हो ।

संसारभर बढी आत्महत्या गर्ने मूलकहरुमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषहरुको तुलनामा महिलाहरुल धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्याङकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनी औस आठ हजार भन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेका छन् ।

मानसिक रोज विशेषज्ञ आत्महत्या घटनाउको लागि सरकारले नीति नियममा नै व्यवस्था गर्नुपर्ने सुझाव दिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले केही संघ संस्थाको सहयोगमा नगरपालिका र गाउँपालिका अगुवा, स्वास्थ्यकर्मी, वडा सचिवलाई संयुक्त रुपमा आत्महत्या न्युनिकरणको लागि अभियान सञ्चालन गर्ने तयारी गरेको छ । डिएसपी ढुंगेले थपे,‘आत्महत्याको डरलाग्दो अवस्था घटनाउन प्रहरीले भएको स्रोत र साधन परिचालन गरेर जनचेतनाको कार्यक्रम अगाडि बढाउछ ।’
नेपालमा विभिन्न क्षेत्रमा काम गर्ने संघ संस्था धेरै पनि विशेषगरी आत्महत्याको हुनबाट कसरी रोक्न सकिन्छ भन्ने संघ संस्थाहरुको भने कमी रहेको छ । रामेछाप जिल्लामा पनि पुरुषको तुलनामा महिलाहरुले नै बढी आत्महत्या गर्ने गरेको तथ्याङक रहेको छ । आत्महत्या गर्नमा बढी विष सेवन गरेको देखिन्छ ।

हेर्नुहोस वीस महिनामा रामेछापमा आत्महत्या गर्नेहरुको सूचीः 

 

के हो आत्महत्या
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति ९रोग० हो ।
आत्महत्याको कारण
वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित हुने गरेको मनोरोग विशेषज्ञहरु बताउछन् । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् । गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि ।
रोकथाम
विकसित देशहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयासहरू भएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।
नेपालमा भने यस किसिमका संघसंस्थाहरू छैनन् िभएका एकाध यस्ता संस्थाहरू पनि प्रभावकारी हुन सकेका छैनन् । यसको उचित औषधि–उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वतः कम हुने बुझाई मनोराग विशेषज्ञहरुको छ ।
नेपालमा अधिकाशं मानसिक स्वास्थ्य सेवाबाट अधिकांश नागरिक वञ्चित छन् । सवर्सुलभ उपचार उपलब्ध गराउनेतिर राज्यले ध्यान दिनु आवश्यक छ । राज्यमा उचित शान्ति सुरक्षाको व्यवस्था, निष्पक्ष न्यायप्रणाली, विभेदपूर्ण शासनको अन्त्य तथा सामाजिक न्याय भएको खण्डमा पनि आत्महत्याका घटनाहरूमा कमी आउन सक्छ । तीव्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुःखी भएका व्यक्तिलाई तुरुन्त उपयुक्त परामर्श तथा सहायताको आवश्यक पर्छ । यस्ता व्यक्तिहरूको विशेष रेखदेख गर्नुपर्छ । आत्महत्या गर्दा प्रयोग गरिने सामग्री तथा लागूपदार्थहरूको नियन्त्रण गर्ने हो भने पनि आत्महत्याको रोकथाममा टेवा पुग्दछ । आत्महत्याका घटनाहरू रोकथाम तथा न्यूनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठूलो भूमिका हुन्छ । आत्महत्या न्यूनीकरणका लागि ठाउँ ठाउँमा आत्महत्या रोकथाम केन्द्रहरूको स्थापना गर्न गर्नुपर्ने आवाज पनि उठने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्