रामेछापमा ९० वटा निर्वाचन स्थल, १ लाख ३५ हजार मतदाता



९ चैत्र, रामेछाप ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा ९० वटा निर्वाचन स्थल हुने भएको छ । २ नगरपालिका र ६ गाउँपालिकाको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले ९० निर्वाचन स्थल तोकेको हो । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजसँग भने,‘जिल्लामा ९० निर्वाचन स्थल बनाउन निर्वाचन कार्यालयलाई सिफारिस गरेर पठाएका छौ, सोही अनुसार निर्वा

चन केन्द्र निर्धारण भएर आउछ ।’ गत संविधान संभाको निर्वाचनमा जिल्लामा ८७ वटा निर्वाचन स्थल रहेको थियो ।
स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १७ राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगले सबै जिल्लालाई चैत्र मतदान स्थल सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै जिल्लाबाट निर्वाचन स्थल सिफारिस भएर आएकाले केही दिनभित्र नै निर्वाचन केन्द्र निर्धाण हुने बताए ।

जिल्ला निर्वाचन अधिकृत उपाध्यायले रामेछाप न्जयसँग भने,‘रामेछापमा मतदाताको संख्या १ लाख ३५ हजार छ, मृत्यु भएका र बसाइँ सरेका झण्डै पाँच हजार संख्या घटन सक्छ भन्ने अनुमान गरेका छौ, निर्वाचनमा १ लाख ३० हजारले मतदाता हुन्छन ।’ उनले निर्वाचन आचारसंहितालाई कडाईपूर्वक लागू गर्ने पनि बताए ।

आचार संहिता कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर आयोगले अनुगमनलाई तिब्रता दिएको उपाध्यायले बताए । रामेछाप जिल्लामा झण्डै २ लाख ७ हजार जनसंख्या रहेको छ । मतदाता हुनको लागि १८ बर्षको उमेर पुगेको हुनुपर्छ । निर्वाचन आयोगले मतदाताहरुको लागि यस पटकको निर्वाचनमा गुणस्तरीय परिचय पत्र उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्