अब रामेछापमा विकासले गति लिन्छःसांसद श्रेष्ठ



९ चैत्र, रामेछाप ।
नेकपा माओवादी केन्द्रका नेता एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले स्थानीय तह कार्यान्वयनमा आएसँगै विकासले गति लिने बताएका छन् । निकै लामो ठूलो त्याग र वलिदानबाट जनताको घरदैलोमा अधिकार आइपुगेको बताउदै उनले अब आर्थिक क्रान्तिको चरण सुरु भएको बताएका हुन् । सांसद श्रेष्ठले भने,‘सिंहदरवारको अधिकार गाउँगाउँसम्म आइपुगेको छ, अबको चरण विकास निर्माण र आर्थिक समृद्धिको हो ।’

मन्थली नगरपालिकाको वडा नम्बर १० वडाको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले जनताको अधिकार संविधानसभाबाट लिपिबद्ध गर्दै संविधान कार्यान्वयन मार्फत गाउँगाउँमा माओवादीकै नेतृत्वमा भएको बताए । ‘नयाँ संरचना अनुसार विकासको नयाँ नीति लिएर अगाडि बढ्नु पर्छ’ उनले भने,‘जनतालाई घरदैलोमा सुविधा दिने अधिकार आउनु खुसीको कुरा हो ।’

गाउँगाउँमा माओवादीप्रति जनताले आकर्षण बढेको छ, माओवादीकै कारणले गाउँगाउँमा अधिकार आउदा जनता खुसी छन, अब विकासको गतिमा अगाडि बढ्नु पर्छ, सांसद श्रेष्ठले भने । माओवादीले नयाँ संरचना अनुसार ६ वटा गाउँपालिका र २ वटा नगरपालिमा संगठनको पुर्नगठन काम सम्पन्न भएको छ । ६४ वटै वडामा वडा कमिटी गठन गर्ने काम सम्पन्न गरेर पार्टीको संगठन सुदृढिकरणको काममा लागेका छौ, सांसद श्रेष्ठले भने । कार्यक्रममा एमाले, कांग्रेस र राप्रपाका गरी पाँच दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्