रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्धारा बजभोजको आयोजना



१० चैत्र, काठमाडौं ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले बनभोज कार्यक्रमको आयोजना गरेको छ । राजधानीको चोभारमा चैत्र १२ गते हुने बनभोज कार्यक्रममा रामेछापबाट राजधानीमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागीता हुनेछ । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको बद्री भण्डारीले रामेछापवासीलाई एकताबद्ध गर्ने उदेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको बताए ।

बजभोजको साथै मञ्चले सांस्कृति कार्यक्रम पनि आयोजना गरेको एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चका सदस्य जीवनराज खत्रीले बताए । उनले भने,‘रामेछापबाट काठमाडौंमा बसोबास गर्नेहरुलाई एकताबद्ध गर्ने, जिल्लाको समगं्र राजनैतिक र विकासको बारेमा भूमिका खेल्न बनभोज कार्यक्रम आयोजना गरिएको हो ।’ उनले बनभोज कार्यक्रम नियमिति भएको बताउदै रामेछापका सामाजिक अगुवा, बुद्धिजीवि पेशा व्यासायी उद्योगी, विद्यार्थी गरी एक हजार जनाको सहभागीता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्