सुनापति गाउँपालिकामा कार्यकारी अधिकृत रेग्मीलाई भव्य स्वागत



९ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिका कार्यकारी अधिकृत बिमला रेग्मीलाई भव्य स्वागत गरिएको छ । सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा रेग्मीलाई भव्य स्वागत गरिएको हो । स्थानीय तह निर्माणसँगै पहिलो पटक गाउँपालिकामा कार्यकारी अधिकृत पुगेपछि गाउँलेहरुले फुलमालाले स्वागत गरेका छन् ।

सुनापती गाउँपालिकामा हिलेदेवी, दिमीपोखरी, बेथान, खनियापानी, गुन्सी वडा रहेका छन् । कार्यकारी अधिकृतलाई राजनीतिक दल र गाउँलेलेहरुले स्वागत गर्दै जनताको चाहना र भावना अुनसार सेवा सुविधा दिन माग गरेका छन् । सरकारले कार्यकारी अधिकृत खटाए पनि कार्यलयको भने अभाव देखिएको छ । साबिकको गाविसबाट सेवा प्रदान गर्न कठिन हुने बताइएको छ ।
स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्र नटिक अखिल क्रान्तिकारीका नेता मनोज केसी गाउँको विकासको लागि स्थानीय तहले भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्