सिंहदरवारको अधिकार गाउँगाउँगमा पुग्योः आहुति



१० चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय तहको पुनर्संरचनाको एजेण्डा माओवादीको भएकाले स्थानीय तहको निर्वाचनमा बहुमत आउने बताएका छन् । माओवादीकै कारण सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको बताउदै उनले माओवादी आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन जिताउन पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्न निर्देशन दिदै आहुतिले भने,‘स्थानीय तह माओवादीकै एजेण्डा भएकाले निर्वाचनमा पनि पार्टीले जित्छ ।’

रामेछाप दोरम्बा गाउँपालिका अन्तर्गत वडा नम्बर ४ गौश्वरा–काठमाडौं संघीय जनसम्पर्क मञ्चको भेलालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहिवार सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकासले गति लिने बताए ।
कार्यक्रममा नेकपा माओवादीका युवा नेता एवं विदेश विभाग सचिव युवराज चौलागाइँले स्थानीय तहको पुनर्संरचना गर्नको लागि पार्टीले निकै ठूलो त्याग र वलिदान गरेको बताए । उनले भने,‘माओवादीकै नेतृत्वमा गाउँगाउँमा अधिकार पुगेको छ, अब विकास निर्माण र आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्छ ।’ माओवादीले स्थानीय तहको निर्वाचनमा पहिलो हुने दावी गदै जसको नीति उसैको नेतृत्व सफल हुने बताए ।
कार्यक्रममा माओवादीका नेता अम्बिकाप्रसाद गजुरेल, ‘अनुप’ नेत्र मोक्तान ‘सचेत’ लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा एमाले परित्याग तीन दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्