रामेछापमा सवारी दुर्घटनाः २१ महिनामा २१ दुर्घटना,३१ को मृत्यु



१० चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा गत २१ महिनाको अवधिमा २१ वटा सवारी दर्घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् । साँघुरो घुम्ती सडक र सवारी चालकको लापवारह र सवारी साधनको संख्या कमीको कारण दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलले ट्राफिक नियमको पालना नहुँदा सवारी दुर्घटना हुने गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘सवारी साधानको अभाव, चालकको लापरवाही र साँघुरो घुम्ती सडकको कारण दुर्घटनाको संख्या बढेको छ, प्रहरीले न्युनिकरणको लागि अभियान चलाएको छ ।’
प्रहरीका अनुसार सवारी दुर्घटना मापसे सेवनबाट समेत हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले सवारी चालकलाई मापासे चेर्किङमा कडाई गरिएको बताए । जिल्लाको अधिकाशं सडक कच्ची रहेको कारण पनि दुर्घटना हुने गरेको बताउदै उनले भने,‘प्रहरीले दुर्घटना कम गर्न कानुन अनुसार कडा निगरानी गरेको छ, दुर्घटना न्युनिकरण गर्न चालक नै जिम्मेवार बन्नु पर्छ ।’
रामेछाप–सिन्धुली जोडने खुर्कोटको पुल सञ्चालनमा आएपछि अहिले ठूला भन्दा पनि साना सवारी साधनको चाप रामेछापमा बढी रहेको छ । जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार मन्थलीबाट दैनिक साढे तीन सय यातायात ओहोरदोहोर गर्ने गरेको छ । प्रहरीले दुर्घटना न्युनिकरण गर्नको लागि जनचेता अभिबृद्धि गर्ने अभियान नै सञ्चालन गर्ने तयारी गरेको छ । प्रहरीका अनुसार २१ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६७ जना गम्भीर घाइते भएका छन् भने ५५ जना सामान्य घाइते भएका छन् ।
यही चैत्र ४ गते मन्थली नगरपालिका–२ खिम्ती र रामेछाप सडक खण्डमा माइक्रोबसको ठक्करबाट रामेछाप फर्पूका भरत विक्रम खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनको बुबा ६५ बर्षिय गजेन्द्र बहादुर खडकाको उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
त्यसैगरी चैत्र ९ गते रामेछाप नगरपालिका–४ स्थित सुकाजोर बिट्टार आउदै गरेको बज्रगुरु कन्सट्रसनको सञ्चालन गरेको ना.अ.प ९७४ नम्बरको योजनको खाली ट्याक्टर अनियन्त्रित भइ पल्टदा तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्