चुनाव जसरी पनि जित्नु पर्छः शाक्य



१२ चैत्र, रामेछाप ।
नेकपा माओवादीका नेता हितमान शाक्यले स्थानीय तहको निर्वाचनमा जसरी पनि आफ्नो पार्टीले जित्नु पर्ने बताएका छन् । माओवादीकै कारण सिंहदरवारमा केन्द्रीत रहेको अधिकार गाउँगाउँमा आइपुगेको बताउदै संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको बताएका हुन् ।

आफ्नो पार्टी कुनै पनि हालतमा निर्वाचन सफल बनाउने अभियानमा रहेको बताउदै नेता शाक्यले अब कुनै पनि तागतले निर्वाचन नरोकिने बताए । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनको लागि सरकारले गृहकार्य गरिरहेको बताउदै उनले राष्ट्रिय सहमति कायम गरेरै निर्वाचन सम्पन्न हुने बताए ।

लिख गाउँपालिको प्रथम सम्मेलनको धोवीमा उदघाटन गर्दै नेता शाक्यले पार्टीको आन्तरिक संगठन सुदृढीकरण गरेर अगाडि बढ्न निर्देशन दिए । कार्यक्रममा नेता धावा लामा, नेता एवं रामेछापका सांसद श्यामकुमार श्रेष्ठ, मैन कुमार मोक्तान प्रेम कुमार कार्की लगायतका नेताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । सम्मेलनले ध्रब कार्कीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्