संसारकै शक्तिशाली स्थानीय तह बनेको छः भुसाल



१२ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संसारकै सबै भन्दा शक्तिशाली स्थानीय तह नेपालमा बनेको बताएकी छिन् । उनले माओवादीकै एजेण्डा अनुसार स्थानीय तहको निर्वाचन हुन लागेको कुनै पनि हालतमा सफल बनाउनु पर्ने बताएकी हुन् ।

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर २ दोरम्बा–काठमाडौं संघीय जनसम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता भुसालले दोरम्बा बाबुराम लामा लगायतका शहीदले रगत बगाएकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताइन । दोरम्बा गाउँपालिकामा बिजयी हासिल गर्नु पार्टीको प्रतिष्ठाको विषय हो, उनले भनिन ।
माओवादीका युवा नेता एवं विदेश विभाग सचिव युवराज चौलागाइले दोरम्बा गाउँपालमा माओवादीको विजयको आधार दह्रो भएको बताए । उनले भने,‘दोरम्बामा शहीदले बगाएको रगतकै कारण अहिले  सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको छ ।’ भेलाले शेरबहादुर तामाङको संयोजकत्वमा ३५ सदस्यीय कार्य समित गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्