भुकम्पबाट भत्किएका रामेछापका ४ सय १९ विद्यालयको पुर्ननिर्माण कहिले ?



३ चैत्र, रामेछाप ।
भुकम्पको कारण भत्किएका रामेछापको ४ सय १९ विद्यालयको पुननिर्माण सुरु भएको छ । सरकारले विद्यालय पुनर्माणलाई पहिलो प्राथमिकतामा राखेपनि अपेक्षा अनुसार विद्यालय पुननिर्माणको कामले गति लिन नसकेको छैन् । भुकम्पको कारण जिल्लाभर १९ सय ३५ वटा कक्षा कोठा पूर्ण रुपमा क्षति भएको छ भने १४ सय ५६ कक्षा कोठा आशिक रुपमा क्षति भएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गत रहेको रामेछाप जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाईका प्रमुख हेमन्त बुढाथोकीले विद्यालय पुननिर्माणको कामले गति लिएको बताए ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइले एडिबीको सहयोगमा रामेछापको ११ वटा मावि विद्यालय भवनको पुननिर्माणको लागि काम अगाडि बढाएको छ । जस अनुसार ६ वटा माविको काम सुरु भएको छ । रुद्राक्षश्वर मावि मुगिटार, नाककन्या मावि मन्थली, भैरवी मावि सुनारपानी, नवदर्शन मावि तिल्पुङ लगायत रहेका छन् । दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको बुढाथोकीले बताए ।

गुणस्तरमा कुनै सम्झौता हुँदैनः बुढाथोकी


जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वन इकाईका प्रमुख हेमन्त बुढाथोकीले विद्यालयको पुननिर्माणको काममा कुनै सम्झौता नहुने बताए । उनले रामेछाप न्युजसँग भने,‘सरकारले तोकेको मापदण्ड अनुसार निर्माण गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’ समयमा सम्पन्न गर्न निरन्तर अनुगमन गर्नेदेखि गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्नुपर्छ भन्नेमा ठेकेदार कम्पनीलाई सचेत गराइएको छ, उनले भने । गौरीशकंर मावि रामेछाप,शारदा संस्कृत मावि, बाबियोखर्क, प्रायोगेश्वर पकरवास, सितलादेवी मावि देउराली, चण्डेश्वरी मावि गोठपानी मावि निर्माणको लागि चैत्रभित्र नै ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ ।

भुकम्पबाट भत्किएका रामेछापका ४ सय १९ विद्यालयको पुर्ननिर्माण कहिले ?

जिल्लामा भुकम्पले क्षति पुर्याएका ६४ वटा विद्यालय विद्यालय व्यवस्थापन समिति अन्तर्गत निर्माण भइरहेका छन् । केही विद्यालय निर्माणको लागि एनजिओले पनि सहयोग गरेका छन् । एनजिओको सहयोगमा ९ वटा विद्यालय पुननिर्माण सुरु भएको छ ।
ठोसे र लखनपुरमा नमूना विद्यालय

रामेछाप जिल्लामा लखनपुर र ठोसेमा नमूना विद्यालय निर्माणको लागि डिजाईन कार्य सम्पन्न भएको छ । ठोसेको शारदा मावि र लखनपुरको कालिका माविलाई जिल्लाको नमूना माविको रुपमा विकास गरिने भएको छ । डिजाइन कार्य सम्पन्न भएर डेन्डरको लागि शिक्षा मन्त्रालयमा रहेको छ ।


तीन बर्षभित्र सबै विद्यालयको पुननिर्माण
शिक्षा मन्त्रालयले आगामी तीन बर्षभित्र जिल्लामा भुकम्पको कारण भत्किएका ४ सय १९ वटा विद्यालयको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाइले जिल्लाको बसै विद्यालयहरु पुननिर्माणको लागि गुरु योजना निर्माण गरिरहेको छ । डेन्डर भएका ११ वटा माविको १५ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने गरी ठेक्का सम्झौता गरिएको छ । निर्माण हुने सबै विद्यालय भवन भुकम्प प्रतिरोधी हुनेछन् । तर समयमा नै विद्यालय भवनको पुननिर्माण हुन नसक्दा विद्यार्थीहरु अस्थायी टहरोमै अध्ययन गर्न बाँध्य छन् ।

प्रतिक्रिया दिनुहोस्