रामेछापमा एमालेले तोक्यो ६ गाउँपालिका र २ नगरपालिको इन्चार्ज (हेर्नुहोस सूची सहित)



१४ चैत्र, रामेछाप ।

नेकपा एमाले रामेछापले स्थानीय तहको संरचना अनुसार २ नगरपालिका र ६ गाउँपालिकामा इन्चार्ज, संयोजक र सह–संयोजक तोकेको छ । नयाँ संरचना अनुसार ६४ वटा वडा भेला सम्पन्न गरेको एमालेले नयाँ संरचना अनुसार इन्चार्ज र संयोजक तोकेको हो । सोमवार मन्थलीमा बसेकोे १७ औं जिल्ला कमिटीको बैठकले उमाकुण्ड गाउँपालको इन्चार्जमा जिल्ला अध्यक्ष समेत रहेका शान्ति प्रसाद पौडेल, संयोजकमा चित्रबहादुर कार्की र सह–संयोजकमा शेरबहादुर सुनुवारलाई तोकेको हो ।

त्यसैगरी गोकुलगंगा गाउँपालको इन्चार्जमा शान्ति प्रसाद पौडेल, संयोजक खडग सुनुवार र सह–संयोजक इश्वरी घिमिरे, लिखु गाउँपालिकाको इन्चार्जमा झम्क कंडेल, संयोजकमा उद्धब कडरिया, सह–संयोजकमा रत्न दर्जी, रामेछाप नगरपालिको इन्चार्जमा शान्ति प्रसाद पौडेल, संयोजकमा युवराज पाख्रिन, सह–संयोजकमा शान्ता सापकोटा, मन्थली नगरपालिकाको इन्चार्जमा आन्नद श्रेष्ठ, संयोजकमा कृष्णहरि अधिकारी, सह–संयोजकमा लव श्रेष्ठ रहेका छन् ।

त्यसैगरी खाडाँदेवी गाउँपालिको इन्चार्जमा प्रेमबुहादर तामाङ, संयोजकमा ज्ञानकुमार श्रेष्ठ र सह–संयोजकमा प्रेम खड्का तोकिएका छन् । दोरम्बा गाउँपालिका इन्चार्ज झम्क कडेल, संयोजक कुमार कडेल र सह–संयोजकमाा कोमल ढुंगेल, सुनापति गाउँपालिकाको इन्चार्जमा प्रेम तामाङ, संयोजकमा रामकृष्ण लामा, सह–संयोजकमा प्रदिप योञ्जन रहका छन् ।
एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले नयाँ संरचना अनुसार पार्टीको संगठनलाई पुर्नगठन गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीको एक मात्र उदेश्य आगामी निर्वाचनमा जित हासिल गर्ने हो, निर्वाचनमा एकताबद्ध भएर लाग्ने बैठकले निर्णय गरेको छ ।’
बैठकले ६ गाउँपाल र २ नगरपालिकामा गठन गरेको कमिटीमा क्षत्रीय कमिटीका पदाधिकारी र साबिकका गाविसका पदाधिकारी सहितको कमिटी हुने निर्णय गरेको छ । रामेछापमा एमालेको ७३ सदस्यीय जिल्ला कमिटी रहेको छ । प्रचार विभाग प्रमुख कार्कीले अबको एक हप्ताभित्र ८ वटै स्थानमा पार्टी कार्यालय स्थापना गरेर चुनावी अभियान सुरुवात गर्ने बताए ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशकंर पौडेलल पार्टी केन्द्रले तयार गरेका उम्मेदवार छनोट मापदण्ड अनुसार अगाडि बढ्न निर्देशन दिएका थिए । पौडेलको भनाई उदृत गदै कार्कीले भने,‘यस पटक कुनै पनि हालतमा निर्वाचन जित्नु पर्छ, रामेछाप जिल्लालाई लाल किल्ला बनाउनु पर्छ, एकताबद्ध भएर लाग्नु पर्छ, चुनाव जितिन्छ ।’ बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, नेता कैलाश ढुंगेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्