रामेछापको पकरवासमा रामहरि ढुंगेललाई यसरी सम्झियो



१५ चैत्र, रामेछाप ।
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायकमन्त्री रामहरि ढुंगेललेको निधले रामेछापलाई ठूलो क्षति भएको नेताहरुले बताएका छन् । ढुंगेलको १३ औँ दिनको पुण्यतिथिको अवसरमा जन्मस्थान रामेछापको पकरबासमा आयोजित कार्यक्रममा नेताहरुले ढुंगेलको अभावमा पार्टीलाई क्षति भएको बताएका हुन् ।

नेपाली कांग्रेस रामेछापले मगंलवार पकरवासमा आयोजा गरेको कार्यक्रममा कांग्रेसका नेता लक्ष्मण घिमिरेले ढुंगेलको निधनले रामेछापलाई ठूलो क्षति पुगेको बताए । उनले भने,‘सादी जीवन र उच्च विचारलाई आत्मसाथ गरेर राजनीतिमा लागेका ढुंगेलबाट सबैले सिक्नु पर्छ ।’
रामेछाप कांग्रेसका पूर्वसभापति रामचन्द्र खड्का, काग्रेसका नेता अर्जुन केसी, वीरबहादुर तामाङ, ध्रुव लामा, विनोद कार्की, गंगा अधिकारी, विनोद कार्की, भरत चौलागाईँ, कृष्णबहादुर महत, राजनारायण श्रेष्ठ लगायतको ढुंगेले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । लामो समय राजनीतिमा सक्रिय ढुंगेलेको गत चैत्र २ गते काठमाडौंस्थित आफ्नै निवास डिल्लीबजारमा सुतेकै अवस्थामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्