स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो



नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारमा समावेश गरेको छ । स्वास्थ्य नागरिक भए मात्र देश समृतिको गतिमा अगाडि बढ्न सक्छ । हरेक नागरिका स्वास्थ्य हुनुपर्छ । सरकारले सबै नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ । सरकारले स्वास्थ्य सेवालाई शहर केन्द्रीत भन्दा पनि ग्रामिण क्षेत्रका नागरिकको पहुँचमा पुर्याउने नीति पनि लिएको छ । गरिबी र अशिक्षाको कारण रोग लुकाउने क्रम अहिले पनि ग्रामिण क्षेत्रमा प्रशस्तै रुपमा रहेको छ ।

अनिता कार्की

नागरिकको स्वास्थ्यमा अवस्थामा सुधार ल्याई विकासका लागि स्वास्थ्य जनशक्ति उपलब्ध गराउने दायित्व र कर्तव्य सरकारको हो । देशको सबै स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सरकारले प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसक्दा विभिन्न प्रकारको रोगबाट नागरिकहरु पीडित हुँदै आएका छन् । सरकारले ग्रामिण क्षेत्रमा सामान्य रोगको उपचार सरुवा रोगको विरुद्ध खोप, स्वास्थ्य शिक्षा, एकीकृत आधारभूत स्वास्थ्य सेवा पुर्याउने नीति अनुरुप प्राथमिकत स्वास्थ्य सेवा सरकारले उपलब्ध गराएको छ । सबै स्वास्थ्य केन्द्रहरुमाा महिला स्वास्थ्य स्वयंसेवीकाहरुको अवस्था गरिएको छ ।
रामेछाप जिल्ला राजधानी काठमाडौंबाट १ सय ३५ किलोमिटरको दुरीमा रहेको छ । रामेछाप जिल्ला राजधानीबाट नजिक रहेपनि सडकको सहज पहुँज नहुँदा रामेछापवासीहरुले सास्ती खेप्दै आएका छन् । जिल्लामा अहिलेसम्म झण्डै तीन किलोमिटर मात्र सडक कालोपत्रे छ । बाँकी ११ किलोमिटर सडक कच्ची अवस्थामा छ । जसको कारण सहज रुपमा बिरामीलाई अस्पतालसम्म लैजान कठिनाई हुँदै आएको छ । सरकारले नगरपालिका घोषणा गरेपनि नगरपालिकाभित्रकै बासिन्दा सहज रुपमा स्वास्थ्य सेवा पाउने अवस्थामा छैनन् । रामेछाप जिल्लामा पुरुषको तुलनामा महिलाको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ । राामेछापका अधिकाशं मानिसहरुको मुख्य पेशा कृषि हो । खेतीपाती र घरको काममा महिलाहरु बढी खटिने गरेका छन् ।
अहिले पनि ग्रामिण क्षेत्रका महिलाहरु समयमा नै रोग नभनि रोग लुकाएर बस्ने र रोग फैलदै गएपछि मात्र भन्ने अवस्थामा रहेका छन् । परिवार र समाजको कारण रोगको बारेमा खुलेर बोल्न लजाउने गरेका छन् । अहिले पनि गाउँघरमा विराामी हुँदा धामीझाँक्रीकै समेत भर पर्ने गरेका छन् । अहिले सरकारले स्वास्थ्य चौकीमा भरपर्दो प्रसुति गराउने व्यवस्था गरेको छ । तर स्रोत र साधनको अभावमा गाउँघरमा नै भनेजस्तो सुविधा उपभोग गर्न भने कठिनाई नै देखिएएको छ । जसको कारण गर्भवती महिलाहरुको समस्या जटिल रहेको छ ।
विगतको तुलनामा महिलाहरुको चेतनास्तर बढेको छ । अहिले गाउँगाउँमा सरकार र विभिन्न संघसंस्थाको सहयोगमा आमा समुह सञ्जाल गठन गरी महिलाहरुलाई अभिमूखिकरण तालिम दिने, स्वास्थ्य शिक्षाको बारेमा सूसुचित गराउने काम भएका छन् । महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भूमिका अहिले गाउँगाउँमा निकै प्रभावकारी देखिएको छ । किशोर किशोरीहरुको लागि परामर्श केन्द्र सञ्चालनमा आएका छन् । जसको कारण किशोरीहरुले आफ्नो समस्या खुलेर राख्ने प्रचलन बढेको छ ।
पछिल्लो तथ्याङकलाई हर्ने हो भने रामेछाप जिल्लामा शिशु मृत्युदर र गर्भवती महिलाहरको जोखिम घटदै गएको छ । जिल्लाको सुरक्षित मातृत्व सम्बन्धि २०७१÷०७२ को तथ्याङक हेर्न हो भने गत आर्थिक बर्षको तुलनामा गर्भ जाँच गर्ने, सुरक्षित सुत्केरी गराउने काम स्वास्थ्य संस्थामा हुने गरेको छ । जसको कारण घर र बाटोमा हुने सुत्केरीको संख्यामा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्