यस्ता छन वडा अध्यक्षका अधिकार



१६ चैत्र, काठमाडौं ।
सरकारले संविधान अनुसार ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि गाउँगाउँमा उत्साह आएको छ । स्थानीय तहसँगै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनले गाउँगाउँमा चुनावी चहलपल बढेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनको लागि राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् ।

नगरपालिका र गाउँपालिका उम्मेदवार को भन्ने बन्ने दौडधुप राजनीतिक दलभित्र सुरु भइसकेको छ । संविधानले गाउँपालिकालाई निकै अधिकार दिएको छ । अब घण्टौ धाएर सदरमुकाम जानु पर्ने बाँध्यता हटेको छ । सरकारले स्थानीय तहमा कार्यकारी अधिकृत खटाइसकेको छ ।

स्थानीइ चुनावमा देशभरका ६ हजार ८ सय ८० वडाका वडाध्यक्ष चयन हुनेछन् । निर्वाचन नजिकदै जादा धेरैको दौडधुप गाउँपालिको अध्यक्ष उपाध्यक्ष र नागरपालिकाको मेयर र उपमेयरमा तानिएको छ । गाउँपालिका अध्यक्षलाई मात्र वडा अध्यक्षलाई पनि निकै अधिकार दिएको छ ।

यस्तो छ वडा अध्यक्षको काम कर्तव्य र अधिकारः
हरेक वडा अध्यक्ष सम्वन्धित गाउँकार्यपालिका वा नगरकार्यपालिकाको स्वत सदस्य हुनेछन् । केन्द्र सरकारमा मन्त्रीको भूमिका जस्तै हरेक वडा अध्यक्षले आफ्नो गाउँपालिकाभित्र कार्यकारी अधिकार पाउनेछन् । जस्तै एउटा वडा अध्यक्षलाई गाउँपालिका प्रमुखले आफ्नो सरकार अन्तर्गत शिक्षा क्षेत्र हेर्ने जिम्मा दिन सक्छ, अर्कोलाई खानेपानी, अर्कोलाई सिंचाइ, अर्कोलाई कृषि । यसरी मन्त्रालयको भूमिकामा हरेक वडा अध्यक्षले उनीहरुले जिम्मेवारी पाउँनेछन् ।
संविधानले नै हरेक गाउँकार्यपालिकारनगरकार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसरी कार्यविभाजन नियमावली बनाउँदा गाउँपालिकाका सदस्यहरु अर्थात वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी पनि तोकिनेछ ।
हरेक वडालाई सेवाकेन्द्रको रुपमा राखिएको छ । त्यो वडाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने जिम्मेवारी पनि वडा अध्यक्षकै हुन्छ । तर, वडाको आर्थिक विकासमा वडा अध्यक्षको पूर्ण अधिकार हुन्छ भन्ने बुझाइ गलत हो । किनकि वडा अध्यक्षले आफैँ वडामा शासन गर्दैन । त्यहाँको सेवा प्रभावकारी बनाउने भूमिका हुन्छ र त्यसका लागि वडा सदस्यहरुको सहयोग लिन सक्छ ।
यस्तै वडा अध्यक्षहरु स्वतः गाउँसभाका सदस्य हुन्छन् । गाउँसभाका सदस्यहरु भनेको गाउँपालिकाको सांसद हुन् । आफ्नो गाउँपालिका वा नगरपालिकाको कानुन बनाउने काममा वडा अध्यक्ष वा गाउँसभाका सदस्यहरुको भूमिका हुन्छ । गाउँपालिका प्रमुख उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेट फेल गराउने र पास गराउने काम समेत यसै गाउँसभाका सदस्य अर्थात वडा अध्यक्षहरुले गर्नेछन् ।
यसैगरी उनीहरुको अर्को निर्वाचन गर्ने भूमिका पनि हुन्छ । त्यो भनेको गाउँसभामा वडाका महिला सदस्यहरुबाट जम्मा चार जना र नगरसभामा वडाका महिला सदस्यहरुबाट ५ जना सदस्य चयन गर्नु पर्ने हुन्छ । यस्तै दलित तथा अल्पसंख्यक सदस्यहरुबाट पनि गाउँकार्यपालिकामा २ र नगर कार्यकापालिकामा ३ सदस्य वडा सदस्यहरुबाट गर्नुपर्ने हुन्छ । त्यो निर्वाचित गर्ने काम पनि गाउँसभाका सदस्यहरु अर्थात वडा अध्यक्ष र सदस्यहरुले गर्छन् ।

प्रतिक्रिया दिनुहोस्