हेर्दा हेर्दै परदेशमै फुल्ने भयो दाह्री जुँगा



दुई किनारा बिचमा छु म भए म त कोषे ढुङ्गा
के चालीस कटेसी रमाउला साइली
हेर्दा हेर्दै परदेशमा फुल्ने भयो दार्ही जुँगा ।

सरोज घिसिङ (घिसिङ माइला )

रामेछाप घर भइ बिगत चार बर्ष देखी कोरियालाई आफ्नो कर्मथलो बनाउदै परदेशीको कथा व्यथा पोख्न घिसिङ माइला निकै पोख्त छन। यति खेर बजारमा हङगमानै मचिरहेको छ । कतै साइलीहरु ढिडो र गुन्द्रुक खायर संगै आफ्नो दशेमा रमौला भन्छन भने अर्को तिर साइलाहरु चालीस कटेसी रमाउला भन्नेमा परदेशमा दुःख गरिरहेका छन् ।

बिदेश जान कसलाई रहर छ र ? आफ्नै बाँध्यता छ । गाउँमा हलो कुटो कोदालो घाँस दाउरा अनि गोठालो जादा त्यो सैलुङे शिरशिरे चिसो बतासको झल्को आउदा अहिले कोरियाको लाखलाई लात हानि हिडु झैंलाग्छ । तर के गर्ने परदेशीको एउटै पीडा । एक चोटी परदेशीएपछि आर्थिक हिसाबले न तल न माथि   । त्यसैले लामो समय परदेशमै जीवन विताउन बाँध्य छन् । कहिले त लाग्छ जीवनको अमुल्य समय बैस र कारुनिक समय खेर गएझै लाग्छ।

सोध्नलाई सोध्यौ तिम्ले
के छ खबर तिम्रो उता ठिकै छ
दुःख–सुख चलि राछ
परदेशी को यस्तै कुरा

सन्चै अनि आरमै छ तपाइलाई
रमाइलो छ है परदेश
उता रमाइलो नै छ
शिशिर याममा बर्षात झै
भिजी राछ झप्प लुगा

परदेशीको खबर सुन्दा
छाती चर्की मुटु दुख्ला
नरोउ है साइली उता
रुदा रुदै आँशु सुक्ला अनि बोलाउ छौंं

छाडि देउ परदेश अब
सुख–दुखमा रमाउला छाडिदिन्थे परदेश

दुई किनारा बीचमा छु म
भए म त कोषे ढुङ्गा
के चालीस कटेसी रमाउला साइली

( हाल हाल दक्षिण कोरिया )

प्रतिक्रिया दिनुहोस्