कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’



१७ चैत, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भएका छन् ।
नेपाललाई अध्यारोबाट हटाएर उज्यालो प्रदान गर्न सफल भएको भन्दै घिसिङलाई हाइड्रो नेपालले वर्ष २०७३ को लागि अवार्ड प्रदान गर्न लागेको हो ।

देशमा व्याप्त डसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान एवं कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उच्च कदर गर्दै कदर प्रदान गर्ने घोषणा गरेको छ । गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति भएका घिसिङले जिम्मेवारी सम्हालेको दुई महिनामै उपत्यलाई लोडसेडिङमुक्त गर्न सफल भएका थिए ।

काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले हाइड्रोको विकासका लागि उल्लेखनिय काम गर्दै आएका छन् । विद्युत क्षेत्रमा देखिएको विकृत, विसंगती र चुहावट नियन्त्रण गर्न सफल घिसिङले पूर्वाधारमा लगानी बढाउन निजी तथा सरकारी क्षेत्रलाई उत्साहित समेत बनाउन सफल भएका छन् ।

त्यसैगरी संस्थाले हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा.हरिमान श्रेष्ठ प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठ सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए

प्रतिक्रिया दिनुहोस्