सुनापति गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्षमा खड्काको उम्मेदवारी



१८ चैत्र, रामेछाप ।
आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको तर्फबाट जनक कुमार खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । सुनापति गाउँपालिकोको ५ नम्बर वडाको भेला मार्फत खड्कालाई निविरोध उम्मेदवारमा चयन गरेको हो ।

लामो समयदेखि नेपाली काग्रेसका राजनीतिमा सक्रिय खड्काले वडा अध्यक्षमा निर्वाचित भएपनि गाउँपालिको विकासमा लाग्ने बताए । उनले गाउँपालिका र वडाको विकासमा प्रतिबद्ध भएर लाग्ने बताउदै उनले निर्वाचनमा आफूलाई जिताउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्