रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा एमालेबाट को–को बन्दै छन उम्मदेवार ?



१८ चैत्र, रामेछाप ।
रामेछापको ६ गाउँपालिकाका प्रमुख र २ नगरापलिकाका मेयर को होला भन्ने चासो रामेछापमा निकै बढेको छ । रामेछापमा चुनावी सगर्मीसँगै उम्मेदवार को हुने बहस पनि चुलिएको छ । जिल्लामा कांग्रेस एमाले र नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिब्रता दिएका छन् । गाउँपालिका नगरपालिका र वडाका भेलामा तीनै पार्टी जुटेका छन् । गाउँ गाउँमा दैनिकजसो राजनीतिक दलहरुले आ–आफ्नो कार्यक्रम सञ्चालन गरेका छन् । पार्टीभित्र को उम्मेदवार हुने बहस र छलफल पनि सुरु भएको छ । उम्मेदवार छनोट गर्नको लगि कांग्रेस एमाले र माओवादी तीन वटै दलले कार्यविधि र मापदण्ड बनाएको छ । सोही अनुसार जिल्ला कमिटीले सम्भावित उम्मेदवारको बारेमा छलफल अगाडि बढाएको छ ।

रामेछापको ६ गाउँपालिकाका प्रमुख र २ नगरपालिमा को को उम्मेदवार बनाउने भन्नेमा एमालेले आन्तरिक तयारी थालेको छ । उम्मेदवारको लागि पार्टीमा लबिङ गर्ने क्रम बढेको छ । एमाले रामेछापका एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार  यस्ता छन एमालेबाट सभ्भावित र चर्चामा रहेका गाउँपालिका प्रमुख र दुई नगरपालिका मेयरका उम्मदेवारहरुः

सुनापति गाउँपालिमा को–को ?
सुनापति गाउँपालिमामा एमालेको तर्फबाट गाउँपालिकाको सह–संयोजक समेत रहेका प्रदिप योञ्जन, गंगाबहादुर घिमिरे, देवेन्द्र मोक्तान पासाङ डोल्मा लामाको नाम चर्चामा रहेको छ । सुनापति गाउँपालिका संयोजक रामकृष्ण लामाले गाउँपालिको प्रमुखमा उम्मेदवारी नदिने बताएका छन् । पार्टीले प्रदिप योञ्जनलाई नै उम्मेदवार बनाउने मोटामोटी सहमति भएको बताएको छ ।

दोरम्बा गाउँपालिकामा को–को ?
दोरम्बा गाउँपालिमा पनि एमालेबाट धैरैले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । प्रेम कुमार लामा,तुलप्रसाद कडेल, कुमार कडेल र कोमल ढुंगेलले उम्मेदवारी दिने तयारी गरेका छन् । चारै जनाबीच कसलाई छनोट गर्ने भन्ने बहस एमालेभित्रसुरु भएको छ ।

खाडाँदेवी गाउपालिका को–को ?
खाँडादेवी गाउँपालिमा पनि एमालेका धेरैले नेताहरुले उम्मेदवार दिने इच्छा व्यक्त गरेका छन् । खाँडादेवी गाउँपालिमा प्रेमबहादुर तामाङ, होमबहादुर बुढाथोकी, ज्ञानकुमार श्रेष्ठको नाम चर्चामा रहेको छ । तामाङ जिल्ला कमिटीका उपाध्यक्ष हुन । श्रेष्ठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन भने बुढाथोकी केन्द्रीय लेखा आयोगको सदस्य हुन् । खाँडादेवी गाउँपालिमा तामाङ र श्रेष्ठ मध्ये एकलाई टिकट दिने तयारी भएको बुझिएको छ ।

लिखु गाउँपालिकामा को–को ?
लिखु गाउँपालिको प्रमुखको लागि एमालेबाट धेरै आकांक्षी देखिएका छन् । भोजराज कडरिया, उद्धब कडरिया, गोविन्द बहादुर खड्का, कमल कडरिया र मुकुन्द कडरियाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

उमाकुण्ड गाउँपालिकामा को–को ?
उमाकुण्ड गाउँपालिका पनि उम्मेदवारी दिने तयारी एमालेका धेरैले नेताले गरेका छन् । जस अनुसार गाउँपालिकाको प्रमुखमा चित्रबहादुर कार्की, कुमार कार्की, आङबाबु लामा, शेरबहादुर सुनुवार र गंगा कार्कीको नाम चर्चामा रहेको छ । पाँच जना मध्ये चित्रबहादुर कार्कीले टिकट पाउने सम्भवना बढी रहेको बताइएको छ ।

गोकुलगंगा गाउँपालिकामा को–को ?
एमालेको तर्फबाट गोकुलगंगा गाउँपालिकामा पनि कसले टिकट पाउने चर्चा सुरु भएको छ । गोकुलगंगा गाउँपालिमा राजेन्द्र कुमार कार्की,खडकबहादुर सुनुवार, अर्जुनकुमार कार्की र बुद्धिबहादुर कार्कीको नाम चर्चामा रहेको छ । गोकुलगगामा उम्मेदवारका आकांक्षी कम देखिएका छन् ।

मन्थली नगरपालिमा मेयरका आकांक्षी
मन्थली नगरपालिकामा चुनावी चहलपहल ह्वातै बढेको छ । धेरैको आँखा मन्थली नगरपालिकामा परेको छ । मन्थली नगरपालिमा २७ हजार जनसंख्या रहेको छ । मन्थली नगरपालिकामा एमालेबाट मेयरको टिकट कसले पाउने भन्ने निकै चासोको विषय बन्न पुगेको छ । मेयरको लागि मन्थली नगरपालिमा एमालेको तर्फबाट पार्टीका सचिव आन्नद श्रेष्ठ, रमेशकुमार बस्नेत, लव श्रेष्ठ, माया कार्की र गोपाल श्रेष्ठको नाम चर्चामा रहेको छ ।

रामेछापमा नगरपालिकामा मेयरका आकांक्षी
रामेछाप नगरपालिका जिल्लाको पुरानो सदरमुकाम पनि हो । रामेछाप नगरपालिका पनि धेरैले टिकट पाउनु पर्ने लविङ सुरु गरेका छन् । रामेछाप नगरपालिकाको मेयरमा रोशन पाख्रिन, डेक बहादुर तामाङ, ढालविक्रम कार्की र शान्ता सापकोटाको नाम चर्चामा रहेको छ ।
एमालेले वडा अध्यक्षको हकमा जिल्ला कमिटीले नै उम्मेदवार छनोट गर्ने र गाउँपालिका र नगरपालिका मेयरको उम्मेदवार छनोट भने प्रदेशले गर्ने मापदण्ड बनाएको छ । हाल रामेछाप एमालेमा ७३ जना जिल्ला कमिटीका सदस्यहरु रहेका छन् । नयाँ संरचना अनुसार एमालेले ६ वटा गाउँपालिका र २ वटा नगरपालिमा इन्चार्ज, संयोजक र सह–संयोजक तोकेर चुनावी अभियानमा जुटेको छ । ६४ वटा वडामा भेला सम्पन्न गरेर एमालेले गाउँपालिका कार्यालय स्थापनादेखि चुनावी अभियानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्