सुनापति गाउँपालिका–४ को अध्यक्षमा खड्काको उम्मेदवारी



१९ चैत्र, रामेछाप ।
सुनापति गाउँपालिका वडा नम्बर ४मा नेपाली कांग्रेसले तर्फबाट दिपेन्द्र खड्कालाई अध्यक्षको उम्मेदवार बनाएको छ । सुनापति गाउँपालिका वडा नम्बर ४ को भेलाले खड्कालाई निविरोध अध्यक्षको उम्मेदवार बनाएको हो ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको खड्का समाजसेवासँगै राजनीतिमा पनि सक्रिय हुँदै आएका छन् । खड्काले वडा अध्यक्षमा निर्वाचित भए गाउँका विकास र समृद्धिको लागि लाग्ने बताए । उनले भने,‘बेथानको विकास गर्ने योजना र भिजन बनाएको छ, मैले जिते त्यसलाई साकार पार्छु ।’

प्रतिक्रिया दिनुहोस्