रामेछापको ६ गाउँपालिका २ नगरपालिकामा कांग्रेसका उम्मेदवार को–को ?



२० चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा स्थानीय तहको चुनावी माहोल बढेको छ । रामेछापमा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नगरपालिका, गाउँपालिकादेखि वडा वडासम्म उम्मेदवार छनोटको कामलाई तिब्रता दिएका छन् ।

कांग्रेसभित्र वडा अध्यक्षको लागि धेरै विवाद नभए पनि गाउँपालिको प्रमुख र नगरपालिकाको मेयरमा भने कसले टिकट पाउने भन्ने दौडधुप सुरु भएको छ । सम्भावित उम्मेदवारहरुले टिकट पाउनको लागि लविङ सुरु गरेका छन् ।

कांग्रेसको तर्फबाट ६ गाउँपालिका र २ नगरपालिमा यस्ता छन सम्भावित उम्मेदवारः
मन्थली नगरपालिकामा को–को ?
रामेछाप जिल्लाको मन्थली नगरपालिका धेरै मतदाता भएको क्षेत्र हो । मन्थली नगरपालिकामा धेरैले मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । मन्थली नगरपालिको उम्मेदवार बन्न युवराज भट्टराई, विनोद कार्की, धु्रव सुवेदी, गंगा अधिकारीको नाम चर्चामा छन् ।

रामेछाप नगरपालिकामा को–को ?
रामेछाप नगरपालिकामा कांग्रेसले आफ्नो पटक भएको क्षेत्रको रुपमा परिभाषित गर्दै आएको छ । रामेछाप नगरपालिको मेयरको लागि पार्टीका जिल्ला सभापति लवश्री न्यौपाने, नरबहादुर मगरको नाम चर्चामा रहेको छ । पार्टीको सभापति भएको कारण न्यौपानेले नै टिकट पाउने चर्चा पनि कांग्रेसभित्र सुरु भएको छ ।

सुनापति गाउँपालिकामा को–को ?
सुनापति गाउँपालिमा पनि कांग्रेसभित्र उम्मेदवारको लागि धेरैले आकांक्षा देखाएका छन् । गाउँपालिको प्रमुखको लागि भुवन खडका, केशव चालिसे र जितेन्द्र मोक्तानको नाम चर्चामा रहेको छ । तीनै जना आकांक्षीले आफूले टिकट पाउने पर्ने लविङ सुरु गरेका छन् । सुनापति गाउँपालिको वडा नम्बर ४ मा कांग्रेसले दिपेन्द्र खड्का र वडा नम्बर ५ मा जनक खड्कालाई निविरोध उम्मेदवार घोषणा गरिसकेको छ ।

दोरम्बा गाउँपालिकामा को–को ?
दोरम्बा गाउँपालिकामा चुनाव कसले पार्टीबाट टिकट लिने दौड सुरु भएको छ । दोरम्बा गाउँपालिकामा कांग्रेसको तर्फबाट मानबहादुर लामा, शकंरलाल योञ्जन,गौतम लामा, लबबहादुर थापा मगर मानबहादुर लामाको लामा चर्चामा रहेका छन् । पार्टीबाट टिकट पाउनको लागि तीनै जनाले दौडधुप बनाएका छन् ।

खाडाँदेवी गाउँपालिकामा को–को ?
खाँडादेवी गाउँपालिकामा पनि कांग्रेसबाट कसले टिकट पाउने भन्नेमा बहस सुरु भएको छ । खाँडादेवी गाँपालिकाबाट केशब केसी, भरत श्रेष्ठ, झनक श्रेष्ठ र राजनारायण श्रेष्ठको नाम चर्चा छ ।
लिखु गाउँपालिकामा गाउँपालिको को–को ?
लिखु गाउँपालिकामा पनि टिकटको लागि दौडधुप सुरु भएको छ । लिखु गाउँपालिकामा कृष्ण खड्का र केशव महतको नाम चर्चामा रहेको छ ।

गोगुलगंगामा  गाउँपालिको को–को ?
गोगुलगंगा गाउँपालिकमा पनि कांग्रेसभित्र टिकटको लागि दौडधुप बढेको छ । नानीबाबु बस्नेत, रामचन्द्र बस्नेत, दिपक खड्काको नाम चर्चामा छ । तीनै जना उम्मेदवारको आकांक्षी देखिएका छन् ।

उमाकुण्ड गाउँपालिकामा को–को ?
उमाकुण्ड गाउँपालिमा पनि चुनावी चहलपहल बढेको छ । चुनावी अभियानसँगै गाउँपालिका कांग्रेसको तर्फबाट हिम्मत बहदुर सुनुवार, लिला सुनुवार र झपड भण्डारीको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्