दोलखामा हावाहुरी,रामेछापभरी बिद्युत अबरुद्ध



२० चैत्र, रामेछाप ।
हावाहुरीले गर्दा रामेछाप जिल्लाभर बिद्युत सेवा अवरुद्ध भएको छ । शनिवार साँझ आएको हावाहुरीको कारण सिन्धुपाल्चोक र दोलखामा विद्युतको तारमा रुखले तार छोएपछि विद्युत अवरुद्ध भएको हो ।

रामेछापको मन्थलीको लागि सिन्धुपाल्चोको लामोसाँघुबाट ३३ केभी विद्युत आयत हुने गरेको छ । मन्थलीबाट लामोसाँघु ६७ किलोमिटर दुरीमा रहेको छ । विद्युत प्रसारण लाइन विस्तार भएको अधिकांश स्थानमा जङ्गल पर्ने भएकाले हावाहुरीका कारण रुख ढल्ने र रुखको हाँगाको कारण तारमा अवरोध पुर्याउने गरेको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले रामेछाप न्युजलाई बताए ।

उनले हावाहुरीको कारण अवरुद्ध भएको स्थानमा लाइन सुचारु गर्नको लागि काम भइरहेको बताए । मन्थलीमा विद्युत आपूर्तिको लागि तीब्र गतिमा काम भइरहेको बताए । हिजोदेखि विद्युत नहुँदा रामेछापमा सञ्चालित उद्योग धन्दा चल्न सकेका छैनन् भने खानेपानी आपूर्तिमा समेत समस्या भएको छ । रामेपछापको अधिकांश ठाउँमा खानेपानीको मुहान सक्दा लिफ्ट सिस्टम मार्फत खानेपानी आपूर्ति हुँदै आएको छ ।

रामेछाप जिल्लाको सुनापति, दोरम्बा लगायतको गाउँपालिका आउने प्रसारण लाइनमा पनि ठाउँठाउँमा रुख ढलेर पोल ढालेको कारण विद्युत आपूर्ति हुन अझै केही दिन लाग्ने प्रमुख घिमिरेले बताए ।

यस्तो बारम्बार बिजुली जानुको कारण
–३३ केभी प्रसारण लाइन सिन्धुपाल्चोको लामोसाँघुबाट ल्याएको अधिकाशं लाइन जङगल हुनु ।
–उच्च पहाडी क्षेत्र भएकाले जङगलेको रुढ ढलेर तारमा बारम्बार समस्या आउनु ।
–लामोसाँघुबाट चरिकोट हुँदै मन्थली आउने प्रसारण लाइन लामो दुरीमा हुनु ।
–भौगोलिक कारण रामेछापवासीले सास्ती खेप्दै आएका आएका छन् ।
–ढल्केबरबाट सिन्धुली हुँदै ३३ केभी प्रसारण लाइनमा सिन्धुलीसम्म आइपुगे पनि सिन्धुलीमा सवस्टेसन मर्मतको काममा ढिलाइ हुँदा दोलखामा हावाहुरी चल्दा पनि रामेछाप अन्धकार हुनु ।
–सिन्धुपाल्चोकको लामोसाँघुबाट मन्थली ६७ किलोमिटर रहेको छ ।
–दोरम्बा र राकाथुममा सब स्टेनसन नबन्दासम्म रामेछापको दोरम्बा, सुनापति र खाडाँदेवी गाउँपालिमा समस्या यथावत रहनेछ ।
–राकाथुममा सिन्धुलीबाट केन्द्रीय प्रशासरण जोडने काम अगाडि बढाउनु पर्ने माग उठेको छ ।
–दोरम्बामा सब स्टेसन बनेपछि खिम्तीका केन्द्रीय प्रसारण लाइन जोडिने छ ।
– रामेछापवाली हिमाल हाइट्रपावर ३३ केभी मन्थली प्रसारण लाइनमा जोडनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्