रामेछापमा १ सय ७५ वटा मतदान केन्द्र हुने



२० चैत्र, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा ९० मतदानस्थलका साथै १ सय ७५ वटा मतदान केन्द्र हुने भएको छ । स्रोतका अनुसार मतदान केन्द्रको लागि १ सय ७५ वटा केन्द्र निर्धारण गर्नको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आयोगमा प्रस्ताव पठाएको छ । तर निर्वाचन आयोगले अझै रामेछापमा केन्द्र निर्धारण गरेको छैन् ।
निर्वाचन आर्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले मतदानस्थल सिफारिस गरेको पठाएसँगै १ सय ७५ निर्वाचन केन्द्रको लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको रामेछाप न्युजलाई बताए । उनले चैत्र २२ गतेदेखि २५ गतेसम्म रामेछापको मन्थलीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताए । त्यसैगरी प्रमुख उपाध्ययले चैत्र २६ गते ६ गाउँपालिका र २ नगरपालिका कार्यकारी अधिकृतलाई तालिम दिने निर्णय भएको बताए ।

गत संविधानसभा निर्वाचनमा रामेछाप जिल्लामा ८७ वटा निर्वाचनस्थल रहेको थियो । स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १७ राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन अधिकारी उपाध्ययका अनुसार रामेछाप जिल्लामा १ लाख ३४ हजार मतदाता रहेकोमा हजार मतदाता रहेका छन् ।
निर्वाचन आयोगका अुनसार सबैभन्दा बढी मन्थली नगरपलिकामा १९, खाँडादेवी गाउँपालिकामा ११, दोरम्बा गाउँपालिमा ११, गोकुलगंगा गाउँपालिमा ६, उमाकुण्ड गाउँपालिकामा १०, लिखु गाउँपालिकामा १०, सुनापति गाउँपालिकामा ९ वटा मतदान स्थल निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्