देशभर १ करोड साढे ४० लाख मतदाता, रामेछापमा १ लाख ३४ हजार



२० चैत्र, काठमाडौं ।
स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले १ करोड साढे ४० लाख मतदाताको नाम स्वीकृत गरेको छ । जस अनुसार स्थानीय तह निर्वाचनमा कुल मतदातका १ करोड ४० लाख ५४ हजार ४८२ रहेका छन् ।
रामेछाप जिल्लामा १ लाख ३४ हजार ६ सय २० जनाले मतदान गर्न पाउने भएका छन् । रामेछाप जिल्लामा झण्डै २ लाख ७ हजार जनसंख्या रहेको छ । निर्वाचन आयोगको आइतवार बसेको बैठकले मतदाताको नामावलीलाई अन्तिम रुप दिएको छ ।

कुलमतदानतामा पुरुष ७० लाख ६९ हजार ७१४ महिला ६९ लाख ८४ हजार ६२५ छन् भने तेश्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको छ । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।

आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छ । त्यहाँ ५ लाख ६३ हजार ८७० मतदाता छ भने काठमाडौंमा ५ लाख ५९ हजार ४०० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ छ ।मतदाता नामावली स्वीकृत भएसँगै छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ हुने भएको छ ।

मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ ।आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्