रामछापबाट म्यादी प्रहरीमा ६ सय जना छनोट



२१ चैत्र, रामेछाप ।
आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाबाट म्यादी प्रहरीको लागि ६ सय जना छनोट भएका छन् । रामेछाप जिल्लाबाट म्यादी प्रहरीको लागि ८ सय ८ जनाले आवेदन दिएका थिए । आवेदन अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले म्यादी प्रहरीका छनोट आज सम्पन्न गरेको हो ।

रामेछाप जिल्लाभरबाट ८ सय ८ जनाले आवदेन दिएका मध्ये ६ सय जना छनोट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले रामेछाप न्युजलाई बताए । उनले भने,‘५ सय ६७ जना छनोट भएका छन, ६ सय जना पास भएका छन, पास भएका ३३ जनालाई वैकल्पिक रुपमा राखेका छौं ।’ उनले रामेछापबाट छनोट हुने म्यादी प्रहरीले जिल्लामा परिचालन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्