रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा तोकिए निर्वाचन अधिकृत को–कहाँ ? नाम सहित



२३ चैत्र, रामेछाप ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाको लागि निर्वाचन अधिकृत तोेकेको छ । निर्वाचन आयोगले रामेछाप जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको साथै मन्थली नगरपालिको समेत जिम्मेवारी दिएको छ ।


निर्वाचन आयोगले रामेछापमा १ जना मुख्य निर्वाचन अधिकृत सहित ७ जना अधिकृतलाइ जिम्मेवारी तोकेको छ । मन्थली नगरपालिकाको कार्यक्षेत्र सहित जिल्ला अदालतका न्यायधिश किरणप्रसाद सिवाकोटीलाई रामेछाप जिल्लाको मुख्य निर्वाचन अधिकृत जिम्मेवारी दिएको छ ।

यसैगरी रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका न्यायाधिवक्ता कृष्ण प्रसाद पुडासैनी, उमाकुण्ड गाउँपालिकाको निर्वाचन अधिकृतमा सर्वोच्च अदालका इजालस अधिकृत यदुराज शर्मा, गोकुलगंगा गाउँपालिकाको निर्वाचन अधिकृतमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव मिठु थापा, लिखु गाउँपालिकाको निर्वाचन अधिकृतमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव नारायण रिसाल नियुक्त भएका छन् ।

त्यसैगरी दोरम्बा गाउँपालिकाको निर्वाचन अधिकृतमा राजापुर नगरकार्यपालिका वर्दियाका कार्यकारी अधिकृत चिरञ्जीवी गिरी, खाँडादेवी गाउँपालिकाको निर्वाचन अधिकृतमा वन तथा भूसंरक्षण मन्त्रालयका कानुन अधिकृत वशिष्ट कुमार घिमिरे र सुनापती गाउँपालिकाको निर्वाचन अधिकृतमा हुलाक प्रशिक्षण केन्द्रका उपसचिव चन्द्रकला चौलागाईलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्