रामेछापको गाउँगाउँमा मतदाता शिक्षा कार्यकर्ता खटाइयो



२३ चैत्र, रामेछाप ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रामेछाप जिल्लामा जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मतदातालाई सुसुचित गराउने उदेश्यले पहिलो चरणमा ७५ जनालाई मतदाता शिक्षा कार्यकर्ताको रुपमा तालिम प्रदान गरेर गाउँगाउँमा खटाइएको हो ।

तालिम लिएका स्वयमसेवक प्रशिक्षकले जिल्लाको ९० मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमा मतदान गर्न आउने मतदाताहरुलाई गाउँगाउँमा गएर प्रशिक्षण दिदै छन् । नयाँ संरचना अनुसार यसअघिको स्थानीय निकायको भन्दा यस पटक गाउँपालिका र नगरपालिकामा पदाधिकारीको सख्या समेत नयाँ भएकाले विशेष तरिकाले मतदान शिक्षा कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले बताए ।

मतदान गर्दा नागरिकहरुले आफूले चुनेको प्रनिनिधिलाई दिएको मत खेर नजओस भनेर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको बताउदै उनले रामेछाप न्युजसँग भने,‘नमूना मतपत्र सहित मतदाता शिक्षा स्वयमसेवक गाउँगाउँमा खटाइएको छ ।’ तालिम लिएका मतदाता शिक्षा स्वयमसेवकहरुले रामेछापले ६ गाउँपालिका र २ नगरपालिका मतदातालाई घरघरमा पुगेर जानकारी गराउने छन् ।


निर्वाचनको क्रममा खस्ने मत नविग्रियो र सतप्रतिशत मत सदर बनाउनको लागि तालिम दिएर गाउँगाउँ पढाएको उपाध्यायले बताए । निर्वाचनमा सबैलाई सहभागी गराउनुको लागि एक महिनासम्म तालिम प्राप्त कार्यकर्ता गाउँगाउँमा हुन्छन,उनले भने ।
मतदाता शिक्षाको लागि खटिने सामाजिक परिचालक, सामुदायिक महिला स्वास्थ्य स्वयसेविवका र पूर्व प्राथमिक शिक्षिका रहेका छन् । उनहीहरुलाई निर्वाचन आयोगले एकमुष्ट १२ हजार रुपैयाँ प्राप्त गर्नेछ । निर्वाचन अधिकारी उपाध्ययले तालिम लिएका ७५ जनालाई कुनै पनि राजनीतिक दलको पक्ष विपक्षमा नलागी काम गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय निर्वाचनमा शतप्रतिशत मद सदर हुने गरी मतदातालाई शिक्षा प्रदान गर्न निर्देशन दिए । उनले भने,‘मतको सदुपयोग होस दुरुपयोग हुनेबाट रोक्ने काममा प्रतिबद्ध भएर लाग्नुहोस ।’ स्वतन्त्र र निष्पक्ष ढंगबाट काम गर्नुपर्नेमा जोड दिदै प्रजिअ खत्रीले राजनीतिक दल विशेषले परिचालित भएको पाए कारवाही हुने समेत बताए ।

पक्ष विपक्षमा नलागी काम गर्नुहोस, सुरक्षा चाहियो भने भन्नुहोस, हामी सुरक्षा दिन तयार छौं, उनले भने । निर्वाचन स्वयमसेवकलाई नमूना मतपत्र सहित गाउँगाउँमा खटाइएको छ । निर्वाचन अधिकारी उपाध्यायले तालिम लिन बाँकी रहेका ७५ जनालाई विहिवारबाट तालिम दिएर पुनः गाउँगाउँ पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्