व्यवसायीको हितको पक्षमा काम गर्छुः खड्का



रामेछाप जिल्लाका निवर्तमान अध्यक्ष समेत रहेका पशुपतिबहादुर खड्काले उद्योग वाणिज्य महासंघकोे जिल्ला नगर तर्फबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । २०५२ सालदेखि नै निरन्तर रुपमा विशुद्ध व्यापार व्यवसायमा लाग्दै आएका खड्का रामेछाप जिल्लाको उद्योग वाणिज्य संघको तीन कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव  छ ।
केन्द्रीय सदस्यमा वियजी भए सबै व्यवसायीलाई एकजुट बनाएर संस्थागत विकास गरेर अगाडि बढ्ने योजना आफूसँग भएको बताउदै खडकाले देशभर छरिएर रहेका उद्योग वाणिज्य संघको क्षमता विकास गर्ने मुख्य लक्ष्य हुने बताए । सरकार र नीजि क्षेत्रबीच समन्वय गरेर देशको विकास र समृद्धि गर्न भूमिका खेल्ने भूमिकामा काम गर्ने योजना रहेको सुनाउदै खड्काले काठमाडौंबाट टाढा रहेका नगर र जिल्लामा रहेका संघको क्षमता विकास गर्न र व्यवसायीको हक हितको लागि सक्दो रुपमा प्रतिबद्ध भएर काम गर्ने बताउछन ।

पशुपतिबहादुर खड्का उम्मेदवार केन्द्रीय सदस्य,जिल्ला नगर तर्फ

२०५१ सालबाट उद्योग वाणिज्य संघ रामेछापको साधारण सदस्य हुँदै २०५६ बाट ०६३ सम्म वरिष्ठ उपाध्यक्ष भएका खड्काले ०६३ देखि ०७३ सालसम्म तीन पटक रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए । लामो समयदेखि कुनै पनि पार्टीको सदस्यता नलिई विशुद्ध व्यापार व्यसायमा लागेर काम गरेको बताउदै खड्काले आगामी दिनमा पनि व्यवसायीकै हितको पक्षमा काम गर्ने बताउछन् । उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्कासँग उद्योग वाणिज्य महासंघलाई अगाडि बढाउन के योजना छ ? भन्ने विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–

जिल्लाको अनुभव लिएर केन्द्रमा उम्मदेवार

जिल्लामा बसेर जति काम गरे अब केन्द्रीय सदस्यमा निर्वाचित भए भने त्यो भन्दा राम्रो काम गर्ने योजना बनाएको छु । रामेछापजस्ता विकट रहेका धेरै जिल्लाहरु छन् । ती जिल्लाहरुको पिर मर्का अपठ्यारोलाई सहजता बनाउने काम गर्नेछु । अपठ्यारो ठाउँमा बसेर काम गरेकालाई अन्य क्षेत्रको अपठ्यारो पनि थाहा हुन्छ । रामेछापजस्ता धेरै जिल्ला र नगर क्षेत्रका समस्याहरु अत्याधिक छन् । दुर्गम जिल्लालाई समेटेर संस्थागत हिसाबाट व्यवसायी क्षमता विकास गर्ने काममा लाग्छु ।

सरकारसँग मिलेर देशको विकास
व्यवसायीको हकहितको लागि सरकारसँग कसरी समन्वय गरेर सम्बोधन गर्न सकिन्छ ? व्यवसायीको अपठ्यारा छन् । सरकारकै नीतिको कारण व्यवसायी मर्कामा पनि परेका छन् । यो समस्या कसरी समधान गर्न सकिन्छ भनेर वैज्ञानिक समाधान खोजिनु पर्छ । साना व्यवासीको पनि समस्या धेरै छन् । मैल्े केन्द्रीय सदस्य जिते सबै व्यवसायीलाई एकजुट बनाएर संस्थागत विकास गर्नको लागि काम गर्छु ।

एक गाउँ एक उत्पादन मैले नै सुरु गरेको हुँ
रामेछापमा लामो समय उद्योग वाणिज्य संघको जिम्मेवारी सम्हाल्दा केही राम्रा काम पनि गरेको छु । रामेछापको पहिचान बोकेको जुनार खेतीलाई आधुनिक ढंगले उत्पादन सुरु गर्ने काम मेरो कार्यलयम सुरु भएको हो । साबिकको पाँच वटा गाविसमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अगाडि बढाएर किसानको जीवनका ठूलै परिवर्तन ल्याएको छ । रामेछापमा अदुवा खलैची खेतीलाई कसरी अगाडि बढाउने काम अगाडि बढेको छ । मन्थली नगरपालिकालाई व्यवस्थित गर्नको लागि उद्योग वाणिज्य संघ रामेछापको पहलमा मन्थलीमा १४ सय मिटर ढल विछ्याउने काम सम्पन्न भएको छ । अहिले ढल प्रशोधनको काम अगाडि बढाउने योजना अगाडि बढेको छ ।

महासंघको गरिमा बढाउने काम गर्छु
नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको गरिमा बढाउन मेरो भूमिका हुन्छ । उद्योग वाणिज्य महासंघ अन्तर्गत हामी व्यवसायी छौं भन्ने बनाउनको लागि महासंघको संस्थागत विकासका लागि पहल गर्छु । देशभर छरिएर रहेका उद्योग वाणिज्य संघलाई माथि उठाउने काम गर्छु । महासघको सचिवाललाई व्यवस्थित गर्नेदेखि सरकारसँग समन्वय गरेर विकास निर्माण र समृद्धिको सपनालाई साकार पार्न भूमिका खेल्छु ।

प्रतिक्रिया दिनुहोस्