पूर्व राज्य मन्त्री ढुंगेल अस्पताल भर्ना



२४ चैत्र, काठमाडौं ।
राप्रपाका नेता एवं पूर्व विज्ञान तथा प्रविधि राज्य मन्त्री ईन्द्रप्रसाद ढुंगेल अस्वस्थ्य भएर अस्पताल भर्ना भएका छन् । ८३ बर्षिय ढुंगेलको फोक्सोमा क्यान्सर भएपछि टिचिङ अस्पताल भर्ना भएका हुन् ।


ढुंगेलको फोक्सोमा क्यान्सर भएपछि एकसातादेखि अस्पतालमा उपचार गररहेका छन् । ढुंगेल माधवकुमार नेपाल नेनृत्वको मन्त्रीमण्डलमा विज्ञान तथा प्रविधि राज्य मन्त्री भएका थिए ।

रामेछाप जिल्लाको जिल्ला पञ्चायतको सभापति समेत रहेका ढुंगेल लामो समयदेखि राप्रपाबाट राजनीतिमा सक्रिय रहदै आएका थिए । सुरुमा कांग्रेसबाट राजनीति सुरु गरेका ढुंगेल पञ्चायतपछि राप्रपामा सक्रिय रहदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्