गोकुलगंगा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउछुः कार्की



२४ चैत्र,रामेछाप ।
नेकपा माओवादी केन्द्र जिल्ला कमिटी रमेछापले गोगुलगंगा गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा प्रेमकुमार कार्की ‘सेवक’लाई उठाउने निर्णय गरेको छ । माओवादीको बैठकले कार्कीलाई सर्वम्मत अध्यक्षको उम्मदेवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार कार्कीले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गोकुलगंगा गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने योजना छ ।’

कार्कीले चुचुरेदेखि फर्पुसम्म समान ढंगेले विकास गर्ने बताउदै स्वास्थ्य शिक्षा, यातायात विद्युत खानेपानी लगायतका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘गाउँघरमा उद्योग धन्दा स्थापना गरेर युवाहरुलाई गाउँघरमै रोजगारी सृजना गर्छु ।’ प्राकृतिक स्रोत र साधनलाई सदुपयोग गर्ने र प्राविधिक शिक्षा मार्फत आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने उनले बताए । गोकुलसंगा गाउँपालिकामा १३ हजार ६ सय ३१ जना मतदाता रहेका छन् ।

अध्यक्षको उम्मेदवार  कार्कीले गोगुलगंगा गाउँपालिका स्थापित नेता मानिन्छन । कार्यक्रममा नेकपा माओवादीका नेता गंगा कार्की, रामेछाप जिल्लाका इन्चार्ज धावा लामा, युवा नेता एवं सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’, नेता मैनकुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।रामेछापको ६ गाउँपालिका र २ नगरपालिका मध्ये गोगुलगंगा गाउँपालिकाबाट पहिलो उम्मेदवार घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्