रामेछापको विकास गर्ने सांसद खड्काको ७ योजना



संविधान अनुसार ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको छ । स्थानीय तहको कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचनको अभियान पनि अगाडि बढेको छ । वीस बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन यस पटक रामेछापमा ६ वटा गाउँपालिका र २ वटा नगरपालिकामा निर्वाचन हुँदैछ । रामेछापवासीले पटक–पटक विकासको आवश्वासन मात्र होइन अव साच्चिकै परिवर्तनको अपेक्षा गरेका छन् ।
रामेछाप जिल्लामा हरेको ६ गाउँपालिका र २ नगरपालिकाको विकास कसरी योजना सहित लिएर आउने राजनीतिक दललाई मात्र यस पटक मतदाताले खोजेका छन् । शिबहादुर खड्का नेपाली कांग्रेसका स्थापित नेता हुन् । २०१५ सालदेखि कांग्रेसको राजनीति सुरु गरेको खड्का २०४९ सालमा भएको स्थानीय निर्वाचनमा रामेछाप जिल्ला सभापति भएका थिए । पूर्व जिल्ला सभापति समेत रहेका रामेछापबाट कांग्रेसको तर्फबाट सांसद रहेका शिबहादुर खड्कासँग ६ गाउँपालिको २ नगरपालिको विकास कसरी गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–

शिवबहादुर खडका सांसद, नेपाली कांग्रेस रामेछाप

सबै स्थानीय तहमा सडक पुग्यो अव स्तरउन्नती गरौं
रामेछाप जिल्लाको आठ वटै स्थानीय तह सडक सञ्जालले जोडिएको छ । जिल्लामा सडक पिचको अवस्था हेर्ने हो भने दयानिय छ । यस बर्षबाट जिल्लाका केही सडकहरु पिच हुने चरणमा अगाडि बढेको छ । सडक त पुग्यो अब सडकको स्तरउन्ती र पिचलाई प्राथमिकता दिनुपर्छ । विकासमा तेरो मेरो नभनौ । गाउँठाउँमा हुने विकास सबैको साझा हो । विचार र सिद्धान्तमा बहस गरौं । तर जिल्लाको विकासमा राजनीतिक नगरौं । राजनीतिक दलहरुले पनि कुन दलले बढी विकास जिल्लामा ल्याउन सक्ने प्रतिस्पर्धा गरौं । विकासको योजना ल्याउन सामुहिक ढगंले अगाडि बढौं । जिल्लाको विकासलाई सबै राजनीतिक दलहरुले उच्च प्राथमिकतमा राख्नु पर्छ । जिल्लामा हर्ने हो भने खिम्ती–मन्थली हुँदै खुर्कोट (३० किलोमिटर) बाहेक सबै सडक कच्ची छन् ।

बाह्रै महिना यातायात सञ्चालन हुने बनाउनुपर्छ
जिल्लामा निर्माण भएका सबै सडकमा कम्तिमा पनि बर्षाको समयमा पनि सञ्चालन गर्न सक्ने बताउनु पर्छ । अहिले पनि जिल्लाको आधाजसो भागमा बर्षाको समयमा गाडि चल्न सक्ने अवस्था छैन् । हरेक देशले यातायातलाई प्राथमिकता राखेका छन् । यातायतले समाजको सबै संरचनालाई एक ठाउँमा ल्याउछ । चीनमा माउत्सेतुङले पहिलो प्राथमिकता यातायातलाई नै दिएका थिए । रामेछाप जिल्लामा पञ्चायतपछि नै यातायात सेवा सुरु भएको हो । रामेछाप जिल्लाले विस्तारै अन्धकार युगबाट विस्तार उज्यालोको दिशामा अगाडि बढेको छ ।

विकासको प्राथमिकता निर्धारण गरौं
सरकारले बार्षिक रुपमा जिल्लाको विकास निर्माणमा बजेट विनियोजन गर्ने गरेपनि सही ढंगले सदुपयोग हुन सकेको छैन् । विकासको लागि आएको बजेट पारदर्शी ढंगले खर्च गर्ने परम्परा बसालौं । जिल्लाको विकासको प्राथमिकता निर्धारण गरौं । कनिका छरेजस्तो गरी बजेट नछरौं । दिगो विकासको पूर्वाधार निर्माणमा बजेट खर्च गरौं र परिणाम निकालौं । जिल्लाको सडकको प्राथमिकता निर्धारण गरौं । सोही अनुसार कति बर्षभित्र कुन सडक पिच गर्ने हो साझा अवधारणा बनाऔं । सडक खानेपानी, स्वास्थ्य, शिक्षा,विद्युत लगायतको बारेमा साझा धारणा बनाऔं र सोही लक्ष्य अनुसार सामुहिक रुपमा अगाडि बढौं । सडकको पहुँचको कारण म जिल्ला विकासको सभापति हुँदा सभा सम्मेलनमा दुर्इ सय र मान्छे जम्मा हुन सक्दैनथे । अहिले केन्द्रीय नेताहरु गए भने दुई हजार मान्छे सहभागी हुन्छन् । सदरमुकाममा बाटो पुगेको ०५७ सालमा मात्र हो । अब गौश्वरादेखि रामेछाप हुँदै गुम्देल चुचुरेससम्मको सडकलाई उच्च प्राथमिकता दिनुपर्छ । आठ वटा स्थानीय तह बनाउको लागि जिल्लाको पुर्व–पश्चितम र उत्तर दक्षिण जोडने सडकलाई प्राथमिकता दिनुपर्छ ।

जलविद्युत आयोजना अगाडि बढाउनु पर्छ
रामेछाप जिल्ला प्राकृतिक स्रोत साधनमा धनी छ । रामेछाप जिल्लामा खिम्ती खोला, चौरी खोला, लिखु खोला, सुनकोसी र तामाकोसी नदी रहेका छन् । खिम्ती र लिखु खोलामा धेरै केही आयोजना हुने चरणमा छन् । कतिपय आयोजनाहरुले निर्माण अगाडि बढाउने योजनामा छन् । यि आयोजनाहरु अगाडि बढाउन सके रामेछापवासीको आर्थिक जीवनस्तरमा परिवर्तन आउन सक्छ । रामेछापलाई धनी बनाउने भनेको विद्युत पनि हो । रामेछाप हुँदै बहने खोला र नदी हाम्रो सम्पत्ती हो । यसलाई परिचालन गरेर रामेछापको विकास गर्न सकिन्छ । यसको लागि पनि राजनीतिक दलहरुबीच साझा धारणा बनाएर अगाडि बढाउनु पर्छ । रामेछापमा सञ्चालन हुने जलविद्युत आयोजनामा सबै रामेछापबासीले शेयर हाल्न व्यवस्था गर्नुपर्छ । जिल्लामा निर्माण हुने जलविद्युत आयोजना निर्माणमा अवरोध होइन, सहयोग गर्नुपर्छ । सरकारले पनि सोही अनुसारको नीति बनाउनु पर्छ । यसको लागि स्यवमं रामेछापवासी नै जागरुक्क हुनुपर्छ ।

सुनकोसी तेस्रो आयोजना अगाडि बढाउनु पर्छ
सुनकोसीको तेस्रो जलविद्युत आयोजना अगाडि बढाउनु पर्छ । अहिले छलफलको क्रममै रहेको छ । सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई अगाडि बढाउनु पर्छ । यो आयोजना अगाडि बढाउन सकियो भने रामेछापवासीको जीवनमा आकाश जमिनकै अन्र्तर हुन्छ । रामेछापवासीलाई धनी बनाउने योजना अगाडि बढाउन बढाउन सबै एक जुट हुनुपर्छ ।

सुख्खाग्रस्त क्षेत्रमा लिफ्ट मार्फत खानेपानी
रामेछापका अधिकाशं क्षेत्रमा खानेपानीको अभाव छ । अहिले पनि खानेपानीको घण्टौ धाउनु पर्ने, ट्याङ मार्फत खरिद गर्नुपर्ने लगायतको समस्या अहिले रामेछापवासीले खेप्दै आएका छन् । अब एक मात्र विकल्प नभएको लिफ्ट सिस्टम मात्र हो । तामाकोसी, सुनकोसी र लिखु लगायतको खोलाबाट लिफ्ट सिस्टम मार्फत खानेपानीको प्रबद्र्धन गर्न सकिन्छ । यति मात्र होइन । प्रशस्त विद्युत भएको अवस्थामा नदी किनारामा रहको सुख्खा टारहरुमा सिंचाईको कार्यक्रम अगाडि बढाउनु पर्छ । रामेछापको नदीनालाबाट उत्पादन भएको बिजुलीबाट सिंचाईको कार्यलाई प्राथमिकता दिनुपर्छ । यसले गर्दा कृषि उत्पादनको काममा सहजता हुन्छ ।

पुननिर्माणलाई तीब्र गतिमा अगाडि बढाउनु पर्छ
सरकारले जसरी पुननिर्माणको काम अगाडि बढाउनु पर्ने हो त्यो हुन सकेको छैन् । जिल्लाका ४० हजार भन्दा बढी घर पुननिर्माण गर्नुपर्ने छ । तर भुकम्प गएको दुई बर्ष पुग्न लाग्दा समेत प्राभवकारी रुपमा अगाडि बढ्न सकेको छैन् । आधा घरहरु पुननिर्माण हुनुपर्ने हो तर एक प्रतिशत घरहरु पनि पुननिर्माणको काम अगाडि बढ्न सकेको छैन् । प्राविधिक जनशक्तिको अभाव, दक्ष कामदार र सरकारी ढिलासुस्तीको कारण पुननिर्माणको कामले गति लिन सकेको छैन् । अझै पनि वास्तविक भुकम्प पीडितहरुले पहिलो किस्ता पाउन सकेका छैनन् । घर निर्माणमा पानीको अभाव, काठको अभाव पनि समस्याको कारण देखिएको छ । यसलाई सहज बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्