विद्युत चुहावट रोक्न मन्त्री शर्मा र कुलमान घिसिङको सक्रियता



२५ चैत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्न आम उपभोक्ताहरुलाई जनचेतना फैलाउने उदेश्यले उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अभियानमा जुटेका छन् ।

। प्राधिकरणले शुक्रबार चुहावट नियन्त्रणका लागि राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्मा र घिसिङ पनि सहभागी भएका हुन् । ‘चुहावट नियन्त्रण गरौ र विद्युतको अनावश्यक खपत कम गरेर जाने मुल अभिप्राय सहित विद्युत सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशका लागि समृद्धिमा सहयोग’ भन्ने मुल नाराका साथ विद्युत दिवस पनि मनाइएको छ ।

प्राधिकरणले केन्द्रिय कार्यलय रत्नपार्कवाट र्‍याली सुरु गरेर सुन्धारा, कमलादी हुँदै प्रज्ञा प्रतिष्ठान आएर टुंगिएको थियो । विद्युत चोरी दण्डनिय अपराध हो, अनावश्यक रुपमा विद्युत उपकरण प्रयोग नगरौ, विद्युत चोरी भेटिएमा विद्युत कार्यालयमा खवर गरौ जस्ता नारा लेखिएका प्ले कार्ड र व्यानरमा कर्मचारीहरु ¥यालीमा सहभागि भएका थिए ।

प्राधिकरणले हरेक बर्ष विद्युत दिवस मनाउने गरेको छ । लामो समयदेखि घण्टौं कायम रहेको लोडसेडिङ कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको छ महिनामा देश लोडसेडिङमुक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्