रामेछापको गाउँगाउँमा १ सय ७५ जना मतदाता शिक्षा कार्यकर्ता



२५ चैत्र, रामेछाप ।
जिल्लामा जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वमसेवक गरी १ सय ७५ जनालाई गाउँगाउँमा खटएको छ । जिल्लाको ६ गाउँपालिका र २ नगरपालिमा मतदातालाई मतदाता शिक्षा कार्यकर्ताले कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी गराउनेछन् ।


तालिम लिएका स्वयमसेवक प्रशिक्षकले जिल्लाको ९० मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमा मतदान गर्न आउने मतदाताहरुलाई गाउँगाउँमा मतदानको बारेमा जानकारी गराउने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले बताए ।
नयाँ संरचना अनुसार यसअघिको स्थानीय निकायको निर्वाचन भन्दा यस पटक गाउँपालिका र नगरपालिकामा पदाधिकारीको सख्या समेत नयाँ भएकाले विशेष तरिकाले मतदान शिक्षा कार्यक्रम सुरु गर्न लागिएको उनले रामेछाप न्युजलाई बताए । गाउँगाउँमा खटिउका मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचन आयोगले नमूना मतपत्र सहित खटाएको छ ।
अबको एक महिनासम्म गाउँगाउँमा उनीहरुले मतदातालाई जानकारी गराउने छन् । निर्वाचनको क्रममा खस्ने मत नविग्रियो र सतप्रतिशत मत सदर बनाउनको लागि तालिम दिएर गाउँगाउँ पढाएको उपाध्यायले बताए । मतदाता शिक्षाको लागि जिल्लाका सामाजिक परिचालक, सामुदायिक महिला स्वास्थ्य स्वयसेविवका र पूर्व प्राथमिक शिक्षिका रहेका छन् । रामेछाप जिल्लामा १ लाख ३४ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्