उर्जा मन्त्री शर्माको नेतृत्वमा पाँच सदस्य टोली मलेशिया जादै



२५ चैत्र, काठमाडौं ।
उर्जा मन्त्री जनार्दन शर्मा सहित नेकपा माओवादी केन्द्रका पाँच सदस्य टोली मलेशिया जाने भएको छ । नेपाली जनप्रगतिशील मञ्च मलेशियाको अधिवेशनमा सहभागी हुने मन्त्री सहितको टोली मलेशिया जान लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका युवा नेता एवं पार्टीको विदेश विभाग सचिव युवराज चौलागाईले कार्यक्रमा नेपाली आप्रबासी मजदुरहरुको समस्या बुझ्ने र समस्याको लागि पहल गर्ने बताए । उनले भने,‘देश विकासका मुद्दाहरुमा सचेत बहस गर्न र नेपालको परिवर्तन प्रक्रियामा प्रबासको सहभागिता सुनिश्चित गर्ने भ्रमणको मुख्य उदेश्य हो ।’

सचिव चौलागाईले मलेशियामा रहेका मजदुर तथा व्यवसायीलाई कार्यक्रममा सहभागी भएर आफ्नो सल्लाह सुझाव राख्न आग्रह गरेका छन् । टोलीमा वाइसीयलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्