भुकम्प पीडित माझी भन्छन–अब न बस्ने बास छ, न खाने अन्न (फोटो फिचर)



२५ चैत्र, रामेछाप ।
दुई बर्ष अघि भुकम्पले घर भत्किएपछि टहरोमा बस्दै आएका सुनापति गाउँपालिका–१ गुन्सी ढोडनीका जमानसिंह माझीलाई पीडा माथि पीडा आइलागेको छ । भुकम्पले भत्किएको घर बनाउन नसकेका माझी परिवारलाई अर्को बज्रपात आइलागेको छ । अस्थायी टहरोमा आगो लागेपछि अन्तवालीदेखि लत्ता कपडा सहित नगद सबै खरानी भएको छ ।

घर जलेर नष्ट भएको छ । अब बस्ने बास मात्र होइन खाने अन्न पनि आगोले खरानी बनाएको छ । पीडित जमानसिंह माझीले भने,‘सम्पत्तीको नाममा यहीं एउटा अस्थायी टहरो थियो त्यहीं पनि जलेर नस्ट भयो, अब न बस्ने बास छ न खाने अन्न छ ।’
माझीले यस बर्षबाट नयाँ घर निर्माणको काम थालेका थिए । तर घर निर्माणको लागि जोहो गरेको नगद पनि खरानी भएपछि अब घर कसरी बनाउने भन्ने चिन्ता माझीलाई थपिएको छ । आगलागीबाट अस्थायी टहरो जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

आगलागीबाट माननविय क्षती नभए पनि घर भने पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय साधुराम खनालले जानकारी दिए । घरमा लागेको आगो गाउँले मिलेर निमाउन खाजेपछि सुख्खायाम र पानीको अभावको कारण समयमा नै निणयन्त्र गर्न सकेका थिएनन् । माझीको दस जना भन्दा बढीको परिवार रहेका छन् ।

– तस्बीरः तितुङ लामाबाट

प्रतिक्रिया दिनुहोस्