मन्थली नगरपालिकामा एमालेले घोषण गर्यो तीन उम्मेदवार



२६ चैत्र, रामेछाप ।
स्थानीय तहको निर्वाचनको लागि रामेछापमा राजनीतिक दलहरुले पार्टीबाट उम्मेदवार घोषणाको अभियान सुरु गरेका छन् । नेकपा एमाले रामेछापले भेला आमसभासँगै वडामा उम्मेदवार घोषणा अभियान थालेको छ । एमालेले शनिवार मन्थली नगरपालिकाको तीन वटा वडाको वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।


एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले मन्थली नगरपालिका वडा नम्बर १ मा उज्वल सुवेदी, वडा नम्बर २ मा सरेन्द्र कार्की र वडा नम्बर ३ मा यामबहादुर थापालाई अध्यक्षको उम्मेदवार बनाएको बताए ।

उनले भने,‘६ गाउँपालिका र २ नगरपालिकामा सर्वसम्मत भएको वडामा उम्मेदवार घोषणा गर्दै जाने नीति छ ।’ नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयर भने केन्द्रले छनोट गर्ने मापदण्ड बनाएको छ । प्रचार विभाग प्रमुख कार्कीले गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत बनाउने गृहकार्य भइरहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्