रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाको यस्तो छ नक्सा



२७ चैत्र, रामेछाप ।

रामेछाप जिल्लामा रहेको ६ वटा गाउँपालिका र २ नगरपालिको नक्सा कस्तो होला ? रामेछापवासी सबैको चासो विषय हो ।  रामेछाप जिल्लामा करिब दुई   लाख ७ हजार जनसंख्या रहेको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै ६ गाउँपालिको केन्द्र स्थापना भएर कार्यकारी अधिकृत खटिएका छन् ।

गाउँगाउँमा चुनावी अभियानसँगै स्थानीय तह कार्यान्वयनमा आएको छ । नयाँ संरचना अनुसार साबिकको ५५ वटा गाविस अहिले २ नगरपालिका र ६ गाउँपालिकामा परिणत भएको छ । रामेछाप जिल्लामा हाल नगरपालिका र गाउँपालिको गरी ६४ वटा वडा रहेको छ । गाउँपालिकामा कार्यकारी अधिकृत खटिएका छन भने वडा कार्यालयमा सचिवहरु खटिएका छन् । मन्थली नगरपालिकामा सबै भन्दा बढी १४ वटा वडा रहेको छ । आगामी स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाबाट १ लाख ३४ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए । आठ स्थानीय तहमा ९० वटा मतदानस्थल तोकिएको छ भने जिल्ला निर्वाचन कार्यालय रामेछापले १ सय ७५ वटा मतदान केन्द्र हुने बताएको छ ।

यस्तो छ गाउँपालिका र नगरपालिको केन्द्र

यि हुन छ गाउँपालिका ६ कार्यकारी अधिकृत

१.उमाकुण्ड गाउँपालिका–गंगा काफ्ले
२. गोगुलगंगा गाउँपालिका–भानुभक्त भट्ट
३. लिखु गाउँपालिका–टार्जन कुमार लिम्बु
४. दोरम्बा गाउँपालिका–विकास शर्मा रिजाल
५.खाँडादेवी गाउँपालिका–दिपेश कटेल
६.सुनापति गाउँपालिमा विमला रेग्मी
७.मन्थली नगरपालिकामा कार्यकार्य अधिकृत पुरुषोत्तम सापकोटा
८.रामेछाप नगरपालिकामा कार्यकारी अधिकृत गणेश नेपाली

रामेछापको ६ गाउँपालिका र २ नगरपालिकाको यस्तो छ नक्सा 

प्रतिक्रिया दिनुहोस्