रामेछापलाई एमालेले नै समृद्ध बनाउछः अध्यक्ष पौडेल



२७ चैत्र, रामेछाप ।
नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले रामेछापलाई समृद्ध बनाउने योजना आफ्नो पार्टीसँग रहेको बताए । उनले आर्थिक समृद्धिको युग सुरु भएको बताउदै एमालेकै नेतृत्वमा रामेछाप समृद्धि हुने बताएका हुन् । सुनापति गाउँपालिको केन्द्र हिलेदवीमा पार्टी कार्यालयको उदघाटन गर्दै अध्यक्ष पौडेलले सुनापति गाउँपालिकामा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए । ‘राष्ट्रियता र विकासको योजना एमालेले नै अगाडि सारेको हो’,उनले भने,‘एमाले नै जनताको आशा र भरोसाको पार्टी हो ।’ अध्यक्ष पौडेलले पार्टीले छिट्टै रामेछापको आठ वटा स्थानीय तहको विकासको खाका सार्वजनिक गर्ने बताए ।


कार्यक्रममा सुनापति गाउँपालिका संयोजक रामकृष्ण लामाले सुनापति गाउँपालिकामा पार्टी पार्टीको जित सुनिश्चित रहेको दावी गरे । उनले भने‘जनताको विश्वास एमालेमाथि छ, यस पटकको निर्वाचनमा जित निश्चित छ ।’ कार्यक्रममा एमालेका नेता रत्न गौतमले स्थानीय तहको निर्वाचनपछि गाउँगाउँको मुहार फेरिने बताए । उनले भने,‘अबको युग आर्थिक समृद्धि र विकासको युग हो ।’ रामेछाप जिल्लाको लागि अब विकास निर्माणको स्पष्ट योजना सहित पार्टी अगाडि बढ्ने बताउदै रामेछापका सबै स्थानीय तहमा पार्टीले जित्ने दावी गरे ।

उक्त कार्यक्रममा समाजसेवी एवं एमालेका नेता दिपेन्द्रकुमार कार्कीले निषेधको राजनीति नगर्न अन्य राजनीतिक पार्टीहरुलाई आग्रह गरे । उनले भने,‘खुल्ला रुपमा राजनीतिक अभ्यास गरौ, निषेधको राजनीति त्यागौ,गाउँपालिकाको विकास गर्ने भिजन एमालेसँग छ ।’ कार्यक्रममा नेकपा एमालेका नेता तुलाप्रसाद कडेल, युवा नेता जीवनकुमार खत्री लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममाविभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्