नगरपालिका र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कति खर्च गर्न पाउँछन् ? सूचीसहित



२८ चैत्र, काठमाडौं ।
देशभर स्थानीय तहको निर्वाचनको अभियान सुरु भएको छ । राजनीतिक दलहरुभित्र नगरपालिका गाउँपालिका र वडा अध्यक्षमा कसलाई उम्मेदवार बनाउने गृहकार्यमा छन् । सबै पार्टीमा उम्मेदवार बन्ने आकांक्षीको संख्या पनि ठूलो रहेको छ ।
आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष वा अन्य कुनै पदमा उम्मेदवार बन्ने योजनामा हुनुहुन्छ ? तपाई उम्मेदवारको आकाक्षी हो भने कति खर्च गर्न पाउने तपाईलाई थाहा छ त ? यदी तोकिएको भन्दा बढी खर्च गरेको निर्वाचन आयोगमा पठाउनु भयो भने तपाई कारवाहीको भागिदार समेत हुन सक्नुहुन्छ ।
महानगरपालिकाको मेयर र उपप्रमुखले ७ लाख ५० हजार र वडा अध्यक्ष वा सदस्यले ३ लाख खर्च गर्न पाउनेछन् । त्यस्तै उपमहानगरपालिका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार र वडा अध्यक्ष वा सदस्यले २ लाख ५० हजार तथा नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार वडा अध्यक्ष वा सदस्यले २ लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान छ ।

अध्यक्ष र उपाध्यक्षका लागि

गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षको उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने ब्यवस्था रहेको छ । विभिन्न शीर्षकमा खर्च गर्न पाउने हद तोकिएको छ । जसमा मतदाता नामावली वा भोटरलिस्ट किन्न १ हजार खर्च गर्न पाउने छन् ।आयोगले बनाएको सूची अनुसार अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले मतदाता नामावली (भोटर लिस्ट) किन्न एक हजार खर्च गर्न सक्नेछन् ।

निर्वाचन प्रचारप्रसारका लागि पोष्टरको प्रयोग गर्न नपाइने ब्यवस्था छ । यसको सट्टा छापा तथा विद्यतीय सामाग्रीको प्रयोग गर्न पाइने ब्यवस्था गरेको छ । आयोगले प्रचार प्रसार सामाग्री, ढुवानी र अन्य प्रचार प्रसार गरेर तीन शीर्षकमा खर्च छुट्याएको छ ।

त्यस्तै वडाध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने छन् भने मतदाता नमावली किन्न ५०० रुपैयाँ मात्र खर्च गर्न पाउनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सवारी वा घोडाका लागि ६० हजार खर्च गर्न पाउनेछन् भने दाना वा इन्धन शीर्षकमा २० हजार छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्