रामेछापको विकास माओवादीले मात्र गर्न सक्छः श्रेष्ठ



३० चैत्र, रामेछाप ।
रामेछाप २ नम्बर क्षेत्रका सांसद एवं नेकपा माओवादी केन्द्रका युवा नेता श्याकुमार श्रेष्ठ ‘कुशल’ले रामेछापको विकास माओवादीले मात्र गर्न सक्ने बताएका छन् । रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिको विकास गर्ने भिजन आफ्नो पार्टीसँग रहेको बताउदै माओवादीकै नेतृत्वमा रामेछापमा विकास हुने बताएका हुन् ।

जिल्लामा जनताले आफ्नो पार्टीलाई विगतदेखि नै माया गरेको बताउदै सांसद श्रेष्ठले भने,‘जिल्लाको विकासमा नेतृत्व गर्ने माओवादी मात्र हो, आगामी दिनमा पनि माओवादीले नै नेतृत्व गर्छ ।’ सिंहदरवारमा रहेको अधिकार गाउँगाउसम्म माओवादीले ल्याएको हो, जनतालाई अधिकार सम्पन्न बनाउने पार्टीले नै मूलुकको विकास गर्छ, श्रेष्ठले भने ।

खाडाँदेवी गाउँपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले खाडाँदेवी गाउँपालिकामा माओवादी जित सुनिश्चित रहेको बताए । खाडाँदेवी गाउँपालिका–७ मा माओावदीले असलसिंह तामाङलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । सम्मेलनले गौरव थापा मगरको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्