रामेछापको पुननिर्माणमा प्राविधिक अभाव



३० चैत्र, रामेछाप ।
भुकम्पपछिको पुननिर्माणमा प्राविधिक जनशक्ति अभाव भएको छ । रामेछाप जिल्लामा ९३ जना प्राविधिकको कोटा रहेपनि हाल ५८ जना मात्र प्राविधिक मात्र रहदा निजी आवास निर्माणमा कठिनाई भएको छ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा गरी ६४ वटा वडा रहेको छ । गाउँगाउँमा खटिएका इन्जिनियरले धमाधम राजिनामा दिदै हिड्दा पुननिर्माणमा समस्या थपिएको छ । शहरी विकास थता भवन निर्माण डिभिजन कार्यालय रामेछापका प्रमुख अमरबहादुर थापाले पुननिर्माणमा खटिएका प्राविधिकको संख्या कमी भएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘निजी आवास निर्माणको काम अगाडि बढेको छ यस्तो बेलामा प्राविधिको माग छ तर प्राविधिले राजिमा दिदै हिड्दा समस्या भएको छ ।’ प्राविधिक नभएको बारेमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई जानकारी गराएको बताउदै उनले निर्वाचन अघि प्राविधिक आउने सम्भावना नरहेको बताए ।

भुकम्प गएको झण्डै दुई बर्ष पुग्दा लाग्दा समेत रामेछापको पुननिर्माणको कामले अपेक्षा अनुसार गति लिन सकेको छैन् । पहिलो किस्ता लिएर घर निर्माणमा जुटेका भुकम्प पीडित अहिले प्राविधिको अभावमा थप समस्यामा पर्ने भएका छन् । अनुदान सम्झौतमा ढिलासुस्ती, प्राविधिकको अभाव दक्ष कालीगढको अभावको कारण रामेछापमा पुननिर्माणको कामले गति लिन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्