रामेछाप–१ को अध्यक्षमा थापाको उम्मेदवारी घोषणा



३० चैत्र, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले रामेछाप नगरपालिका–१ मा दुर्गाबहादुर थापालाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । रामेछाप–१ बाट थापा निविरोध अध्यक्षको उम्मेदवार घोषित भएका हुन् ।

लामो समय राजनीतिमा सक्रिय रहदै आएका थापाले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

उनले भने,‘सिंहदरवारको अधिकार पहिलो पटक माओवादीकै नेतृत्वमा गाउँगाउँमा आइपुगेको छ, अब जनतालाई झन अधिकार सम्पन्न बनाउन काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्