रामेछापको पुननिर्माणमा २ अर्ब निकासा, १७ घुरधुरीले प्राप्त गरे तेस्रो किस्ता



३० चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको निजी आवास पुर्ननिर्माणको लागि सरकारले २ करोड रुपैयाँ निकास गरेको छ । जिल्लाका झण्डै ४३ हजार भुकम्प पीडितलाई पहिलो दोस्रो र तेस्रो किस्ता गरेर २ करोड रुपैयाँ पदान गरिएको हो । भुकम्प गएको झण्डै दुई बर्षको अवधिमा रामेछाप जिल्लामा हालसम्म १७ घरधुरीले मात्र तेस्रो किस्ता लिएका छन् । पहिलो किस्ता लिएर घर निर्माणमा केही गति लिएपनि अपेक्षाकृत रुपमा घर निर्माण हुन सकेको छैन् ।

जिल्लामा ४१ हजारले पहिलो किस्ता रकम लिएका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दोस्रो किस्ताको लागि १६ सय ४६ योग्य भएका प्राविधिकहरुले सिफारिस गरेर पठाएको तथ्याङक रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘भुकम्प पीडितको लागि पहिलो, दोस्रो र तेस्रो किस्ताको लागि २ अर्ब रुपैयाँ निकास भएको छ ।’

दोस्रो किस्ता लिनको संख्या बढ्ने बताउदै जिल्ला समन्वय समिति र राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोस्रो किस्ता प्राप्त गर्नेहरुको अध्यान गरिरहेको प्रजिअ खत्रीले जानकारी दिए । रामेछाप जिल्लाको लागि ९३ जना प्राविधिक आवश्यक भएपनि हाल ५८ जना मात्र प्राविधिक हुँदा निजी आवास निर्माणमा कठिनाई भएको भुकम्प पीडितहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्