एक सय ३१ खानेपानी आयोजनाको लागि १४ करोड ३९ लाख माग



३१ चैत्र, रामेछाप।
जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले भुकम्पको कारण पुननिार्मण गनुपर्ने १ सय ३१ वटा खानेपानीको योजना निर्माण गर्नको लागि १४ करोड ३९ लाख रुपैयाँ माग गरेको छ । प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा बिहिबार बसेको समितिको बैठकले बैठकले २०७२ सालको भूकम्पवाट क्षेति पुगेका जिल्लाका विभिन्न खानेपानी योजना सम्पन्न र्गको लागि उक्त बजेट माग गरेको हो ।

जिल्ला हाल १ सय ३१ वटा खानेपानी आयोजनाको पुस्थापना र पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माणवाट अख्तियारी आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले बताए । उनले भने,‘जिल्लामा खानेपानीको माग अध्याधिक योजना पनि छन तर आवश्यक बजेट नुहँदा खानेपानी आयोजना तिब्र गतिमा अगाडि बढ्न सकेको छैन् ।

चौलागाईका अनुसार हाल जिल्लामा सञ्चालिन ३ करोड ४७ लाख १० हजार रुपैयाँ मात्र बजेट प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी  सूर्यबहादुर खत्रीले जिल्लामा खानेपानीको समस्या विकराल रुपमा रहेको बताउदै थप बजेट निकासको लागि राष्ट्रिय पुनिर्माण प्राधिकरणसँग माग गरेको बताए । उनले भने,‘खानेपानी आयोजना केही निर्माण भएका छन, केही निर्माण हुने चरणमा छन, निर्माणमा बजेट अभाव देखिएकाले थप बजेट माग गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्