निर्वाचन आयोगद्वारा नयाँ मतदाता नामावली सार्वजनिक, हेर्नुहोस तपाइँको नाम छ कि छैन ?



४ वैशाख, काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ।निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो ।

यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली आयोगले वेवसाइटमा राखेको हो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन ? चासो र उत्सुकता हुन सबैलाई हुन छ ? निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीमा नाम छ कि छैन यसरी हेर्न सकिन्छ ।
१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।
२. त्यसपछि आफू बस्ने गाउँ पालिका वा नगरपालिका र महानगरपालिकाको नाम छान्नुहोस्।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।
४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।
५. त्यसपछि लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवरण छाने अनुसारको नामावली आउँछ।
नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।
६. आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नु पर्ने हुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति र नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन, हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्