रामेछापको ६ गाउँपालिका २ नगरपालिकामा कति मतदाता (सूचि सहित)



४ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ६ गाउँपालिका र २ नगरपालिका गरी १ लाख ३४ हजारले मतदान गर्न पाउलान ? रामेछापका मतदातालाई चासो छ । निर्वाचन आयोगले यस पटक फोटो सहितको परिचय पत्र प्रदान गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि निर्वाचन सम्बन्धी कामलाई तिब्रता दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले आठ वटै स्थानीय तहमा नै निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचनमा मत बदर नहोस भनेर जिल्लामा १ सय ७५ जना मतदाता शिक्षा कार्यकर्तालाई गाउँगाउँ खटाएको छ । ६ गाउँपालिका र २ नगरपालिका कार्यकारी अधिकृतलाई निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनको लागि समन्वयकर्ता तोकेको छ ।
जिल्लामा सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् । आइतवार मन्थली नगरपालिकास्थिति मालपोत कार्यालमा मुख्य निर्वाचन आयोगको कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले निर्वाचनको तयारी तीब्र रुपमा अगाडि बढेको बताए । रामेछापको ८ वटा स्थानीय तहमा सबै भन्दा बढी नगरपालिकामा २७ हजार र सबै भन्दा कम उमाकुण्ड गाउँपालिमा १२ हजार मतदाता रहेका छन् ।
हेर्नुहोस ६ गाउँपालिका र २ नगरपालिकामा कति मतदाता सुचि सहित

प्रतिक्रिया दिनुहोस्